शाहिद अफ्रिदीको रेकर्ड तोड्दै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप
Published:
by .काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सबैभन्दा धेरै विकेट लिने स्पिनर बनेको छन् ।
सन् २०१९ शुरु भएयता उनीले विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनमा सर्वाधिक विकेट लिने इतिहास तोडेका हुन् ।
सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन्दीपले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।
अफ्रिदीको नाममा २६ विकेट रहेको छ । यस्तै अफ्गानिस्तानका राशिद खानको नाममा २५ विकेट छ भने बङ्गलादेशका सकिब अल हसनले २४ विकेट लिएका छन् ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबारको खेलमा २ विकेट लिएसँगै सन्दीप अन्तर्राष्ट्रिय रेकर्ड तर्फ उन्मुख भएका हुन् । आइपीएलमा सन्दीप दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।
सन् २०१९ मा सन्दीपले सबैभन्दा धेरै पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिएका छन् । यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिएका उनले बङ्गलादेश प्रिमियर लिगमा ४ विकेट लिए ।
अष्ट्रेलियाको बिग ब्यास लिगमा उनले चार विकेट झारेका थिए । र, हाल जारी आइपीएल क्रिकेटमा २ विकेट लिएसँगै उनको खातामा २७ विकेटको ऐतिहासिक सफलता लेखिएको हो ।
Comments