Sajhamanch Archive

स्थानीय तह उपनिर्वाचनः हल्ला बढी, तयारी कम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने चर्चा चलेअनुरुप प्रक्रिया अघि बढेको पाइएको छैन ।

निर्वाचन आयोगले उपनिर्वाचनको तयारीका लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म औपचारिक प्रक्रिया नबढेको आयोगका पदाधिकारीहरु बताउँछन् ।

‘सरकारसँग बेलाबखत छलफल हुने गरेको छ । सरकारले उचित कानुनी प्रबन्धसहित उपनिर्वाचनको मिति घोषणा गरेमा आयोग सोही अनुरुप अघि बढ्नेछ’, आयुक्त ईश्वरीप्रसाद पौडेलले भन्नुभयो– ‘निर्वाचनको तयारीका लागि आयोगलाई पर्याप्त समय हुने गरी मिति घोषणा गरिनुपर्दछ ।’

स्थानीय तहमा वडाध्यक्ष ३६ रिक्त छन् । त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङको निधन भएकाले ती स्थान रिक्त भएको हो ।नेपाल समाचरपत्रबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *