Sajhamanch Archive

प्याब्सन अवैधानिक ….

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४ औं महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउदै गृह मन्त्रालयमा उजुरी परेको छ । हाम्फेविरुद्ध उजुरी दिएका हुन ।

नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफुहरुमाथी कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिएका रत्न महर्जन र उपाध्यक्षको उम्मेद्धवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दावी छ ।

उजुरीमा वैधानिक उम्मेद्धवारहरुको सहमतिवेगर अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्ष लगायत अन्य पद संख्या थपी मनोनयननै दाखिला नगरेका व्यक्तिहरुसहितको नामावलीलाई नयाँ कार्यसमितिको नाममा घोषणा गरिएको आरोप लगाइएको छ ।नेपाल समाचारपत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *