Sajhamanch Archive

सनराइजको स्वास्थ्य वीमा हस्तानतरण

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । सनराइज बैंक लिमिटेड शाखा काँकरभिटाले १२ औं पटक स्वास्थ्य बीमा योजना अन्तर्गत बैकका ग्राहकहरुलाई स्वास्थ्य वीमा रकम हस्तान्तरण गरेको छ ।

बुधबार शाखा कार्यालय काँकरभिट्टामा आयोजित कार्यक्रममा बैंकका बचतकर्ता मेचीनगर—१० धुलाबारीका इन्द्रबहादुर बुढाथोकीलाई वीमा रकम हस्तातरण गरेको हो ।

बैंकका शाखा प्रवन्धक कुमार खड्काले बुढाथोकीलाई १ लाख रुपैयाँको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गरेका थिए । सनराइज बैंकको हरेक बचत खातामा ३ सय १५ सम्मको फाइदा अन्तर्गत ‘स्वास्थ्य बीमा योजना हरेक बचत खाताहरुलाई डवल सुरक्षा ’भन्ने मुख्य नारासहित बैंकले स्वास्थ्य वीमा सम्बन्धी सुविधा अभियान शुरु गरेको छ ।

कार्यक्रममा शाखा प्रवन्धक खड्काले स्वास्थ्य बीमा सुविधा बचतकर्ताले खाता खोलेको दिनदेखि लागु हुने गरि बढीमा १ लाख वा औसत कारोबारको २५ प्रतिशत वा उपचार वापतको बील अनुसार रकम जुन कम हुन्छ त्यहि रकम प्राप्त गर्न सक्ने जानकारी दिए । यो सुविधा पटक पटक गरि बर्षमा ३ पटक सम्म लिन सकिनेछ । यो सुविधा लिनका लागि १५ दिनभित्र उपचार वापतका सवै बील रकम बैंकका १०४ वटा शाखा मध्ये कुनै पनि शाखामा पेश गर्नुपर्ने हुन्छ ।

१ सय ५० वटा विभिन्न उपचारका लागि हुने शल्यक्रियाका लागि अस्पताल भर्ना नभए पनि यो सुविधा पाउने व्यवस्था रहेको खड्काले जानकारी दिए । तर, यो सुविधा लिनका लागि नेपालभरका सरकारी अस्पताल तथा बैंकसँग अनुवन्धित नेपाल तथा भारतका निजी अस्पतालहरुबाट उपचार गराउनुपर्छ । शाखा प्रमुख खड्काका अनुसार बैंकले हालसम्म नेपाल भरिका २ सय ११ वटा भन्दा निजी अस्पताल तथा भारतका १५ वटा निजी अस्पतालहरुसँग उक्त सुविधा सम्बन्धी सम्झौता गरिसकेको छ ।

झापामा मेची नेत्रालय (आँखा अस्पताल) काँकरभिटा, विएण्डसी अस्पताल विर्तामोड, मनमोहन अस्पताल विर्तामोड, विर्ता सिटी अस्पताल विर्तामोड, मेडिका अस्पताल विर्तामोड, दृष्टि आई केयर अस्पताल विर्तामोड र ओमसाई पाथिभरा अस्पताल भद्रपुरसँग बैंकले यस अघिनैं सम्झौता गरिसकेको छ । बुढाथोकी विर्तामोड चारपाने नजीक सवारी दुर्घटनामा परि विर्तामोडको बि एण्ड सी अस्पतालमा उपचार गराएका थिए । कार्यक्रममा बोल्दै बुढाथोकीले बैंकले ग्राहकलाई स्वास्थ्य बीमा अन्र्तगतको रकम लिनका लागि सास्ती व्यहोर्नु नपर्ने र बीमा रकम बैंकले सहज र सरल रुपमा आफ्नो खातामा जम्मा गरिदिने भएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *