नेपाली भूमिमा भारतीयले बनाएको स्तम्भ स्थानीयले भत्काइदिए
Published: (Updated: )
by .मेचीनगर । नेपाली भूमिका भारतीय पक्षले राखिएको स्तम्भ भत्काइएको छ । पूर्वी नाका काँकडभिट्टामा नेपाल–भारत जोड्ने निर्माणाधीन नयाँ मेची पुलको छेउमै भारतीय ठेकेदारले एउटा ‘माइल स्तम्भ’ ठड्याएका थिए।
स्तम्भमा लेखिएको ‘एनएच ३२७ बी सिलिगुढी ३२ र बागडुग्रा १९ किलोमिटर’ लेखिएको छ ।
भारतीय पक्षले स्तम्भ बनाएपछि स्थानीयले त्यसको विरोध गरेका थिए । स्थानीयले खबर दिए पछि स्थलगत निरीक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्काल स्तम्भ भत्काउन निर्देशन दिएका थिए । । प्रजिअको निर्देशनपछि बिहीबार शसस्त्र प्रहरी र स्थानीयले स्तम्भ भत्काएका छन् ।
२० मिटर पर त्यही व्यहोरा लेखिएको स्तम्भ हुँदाहुँदै भारतीय ठेकेदारले नेपाली भूमिमा समेत स्तम्भ बनाएका थिए । प्रजिअ दाहालले भारतले नियमविपरित स्तम्भ बनाएका कारण भत्काउन लगाइएको बताए ।
नेपाल–भारत सीमा सम्झौताअनुसार दुई देशको दशगजा क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ । मेची पुलमा दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहन्छन् । नेपालका प्रहरी ड्युटीमा बस्ने स्थानदेखि ५० मिटरभित्रै पिलर राखिएको थियो ।
नेपाल–भारतको सीमा सम्झौताअनुसार दशगजा क्षेत्रभित्रै यस प्रकारका पिलर राख्न नपाइने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । काँकडभिट्टामा पिलर राख्ने अधिकार भारतलाई नभएको सडक डिभिजन कार्यालयका प्रमुख श्याम यादवले बताए ।
Comments