Sajhamanch Archive

सरकारले बर्खाअघि नै घर बनाइदिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं ।भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो ।

‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् ।

निर्माण कार्यको समन्वय र सहजीकरण गर्न प्रदेशका प्रमुख सचिवलाई तोकिएको छ । त्यसका लागि सहरी विकास र रक्षामन्त्रालयका प्रतिनिधि तथा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी रहने समिति बनाइएको छ । अन्नपूर्णदैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *