Sajhamanch Archive

सामाजिक संघ संस्थामा दलिय प्रतिस्पर्धाको अन्त्य गरौः सांसद् कार्की

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

धुलावारी । संघीय सांसद सुरेन्द्रकुमार कार्कीले स्थानीय तथा सामाजिक संघ संस्थाको निर्वाचनमा दलिय भागवण्डा वा प्रतिस्पर्धा गर्नु नहुने बताएका छन् ।

शुक्रबार धुलावारी खानेपानी उपभोक्ता समितिको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गदैं आगामी २०७६ बैशाख १४ गते हुन गइरेहको संस्थाको निर्वाचनतर्फ इकिंत गदैं सांसद् कार्कीले भने—‘ अब हामी राष्ट्रिय राजनीतितर्फको निर्वाचनमा दलिय प्रतिस्पर्धा गरौ तर खानेपानी, शिक्षण संस्था, धार्मिक संघ संस्था, वनलगायत सामाजिक संघ संस्थामा दलिय प्रतिस्पर्धा नभएर सर्वसम्मत नेतृत्व चयन गर्ने कुराको विकास गरौ ।’

संस्थाले आगामी बैशाख १४ गते शनिवार हुने निर्वाचनका लागि अशोककुमार पोखरेलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा पदमबहादुर डाँगी, प्रकाश भण्डारी, इन्द्रकुमारी पाठक र कविन्द्रविक्रम नेम्वाङ्ग रहेको प्रतिवेदन संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए । ‘पानीमा किन राजनीति गर्ने ?’ सांसद् कार्कीले प्रश्न गरे —‘प्रतिस्पर्धा त चाहिन्छ र चाहिँन्दैन भन्नेका बीच हुन्छ तर, खानेपानी त काँग्रेसलाई पनि चाहिन्छ, कम्यूनिष्ट पनि पानी विना हुदैंन अनि यस्तो कुरामा किन दलिय प्रतिस्पर्धा गर्ने सर्वसम्मत नेतृत्व चयन गरौ, म पनि यहि संस्थाको उपभोक्ता हुँ ।’

सांसद् कार्कीले पानी मानिसको जीवनमा अत्यवश्यक वस्तु भएकाले यसको स्रोतमा हानी नोक्सानी हुने काम कसैले पनि गर्न नहुँने बताए । पानीको महत्वलाई बुझेर यसको दरुपयोग रोक्न सांसद् कार्कीले सवैपक्षलाई आग्रह समेत गरे । सांसद् कार्कीले खाना खान नपाए मानिस अलिक दिन बाच्न सकेपनि पानी नखाई एकछिन पनि बाच्न नसक्ने भएकाले पानीको प्रयोगमा सवैले सावधानी अप्नाउनुपर्ने बताए । अहिले ३ प्रतिशत मात्र पानी शुद्ध र स्वच्छ पिउन योग्य रहेको बताउँदै उनले ९७ प्रतिशत पानी ‘स्लाइन’बाट बन्ने गरेको नुनिलो रहेको प्रष्ट पारे । यसकारण पनि शुद्ध र स्वच्छ पिउन योग्य पानीको जतन गर्नु सवैको कर्तव्य भएको उनको भनाइ थियो । उनले भारतले नेपालको विजुली भन्दा पनि पानी रोजेको बताए । भारत बर्खामा कसरी डुवान रोक्ने अनि हिउदमा कसररु िअधि से अधिक सिञ्चाई गर्ने त्यसतर्फ केन्द्रीत हुने उनले बताए ।

नेपाल जलस्रोतका लागि धनी भएपनि शुद्ध र स्वच्छ पिउन योग्य पानी भने पर्याप्त नभएको उनको भनाइ थियो । यसकारण पनि पानीको महत्वलाई बुझेर जगेडा गर्न उनको सुझाँव थियो । पानीको स्रोत बचाउने हो भने चुरे हराभरा पार्न कसैले पनि पछि हट्न नहुने उनको तर्क थियो । स्थानीय तहले खोला ठेक्का लगाउँदा पानीको मुहानमा असर पुग्छ की पुग्दैंन, पानीको स्रोत मासिएर जान्छ कि जादैंन त्यसतर्फ सोच्नुपर्नेतर्फ गम्भीर हुन आग्रह गरे । उनले पर्यावरण मासेर वातावरणनै दुषित हुने गरी विकास निर्माणका काम कहिल्यै पनि हुन नसक्ने जिकिर गरे । यसकारण हरेक स्थानीय तहले आफुले ठेक्का लगाएको खोलामा ठेकदारले कसरी उत्खनन गरिरहेको छ, अनुगमनको जरुरी रहेको उनको भनाई थियो ।

धुलावारी खानेपानी आयोजना सामान्य र नियमित रुपमा सञ्चालन भइरहेको देखिए पनि यसभित्र थुप्रै चूनौति रहेका छन् । साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा मुहानको संरक्षणका लागि सम्बन्धित सवैको ध्यान आर्कषण गराउनु, नगरक्षेत्रको विस्तार सँगै विस्तारित समुदायको खानेपानीको मागलाई सम्बोधन गर्नका लागि उपयुक्त स्थानहरुमा जग्गा खरिद गर्नुपर्ने, वैकल्पिक पानीको स्रोतको खोजी गर्नु, पुरानो पाइपलाइन विस्थापित गरी सडकको दुवैतर्फ नयाँ पाइपलाइन विस्तार गर्नु, प्राविधिक कार्यलाई छिटो छरितो बनाउन अत्याधूनिक प्रविधि र तालिमको व्यवस्था मिलाउनु मुख्यः चूनौतीको रुपमा रहेको उल्लेख छ ।

धुलावारी स्थित पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷२०७५ को फागुन महिनासम्ममा ४ सय ४४ वटा नयाँ धारा जडान भएको र सो अवधिसम्ममा संस्थामा कुल ४ हजार ५ सय ४५ धारा संख्या रहेको उल्लेख छ । प्रतिवेदनमा संस्थाको विगत वर्तमान र भविष्यका बारेमा उल्लेख गरिएको ।

साधारण सभाको अवसरमा संस्थााले पूर्व अध्यक्षसहित जग्गादातालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा पूर्वअध्यक्षहरु रामबहादुर कट्टेल, मणिकुमार उप्रेती, छविलाल खतिवडा र वाचङ नेम्वाङ्ग रहेका छन् । यसैगरी जग्गादाताहरु हेमन्तकुमार प्रसाई र रुपा भट्टराईलाई समेत संस्थाले सम्मान गरेको छ । प्रमुख अतिथि सांसद् कार्की, १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य संस्थाकाक अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले सम्मनितहरुलाई सम्मान पत्र सहित दोसल्ला प्रदान गरेका थिए ।

सचिव अजयकुमार घिमिरेले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य, बुद्ध—शान्ति गाउँपालिका वडानम्बर—६ का वडाध्यक्ष शम्भु पौडेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्क फियाक लिम्बु, मेची उद्योग बाणिज्य संघ मेचीनगरका महिला उपाध्यक्ष बीना तामाङ, नेपाली काँग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फे, नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य संस्थापक अध्यक्ष अध्यक्ष रामबहादुर कट्टेललगायतले बोलेका थिए ।

अध्यक्ष बुढाथोकीकाो सभापत्त्विमा सम्पन्न उद्घााटन सत्रमा सहभागी सवैलाई संस्थाकी कार्य समिति सदस्य दुर्गा कार्कीले स्वागत गरेकी थिईन् ।

बन्दसत्रमा प्रस्तुत आन्तिरिक लेखा परीक्षण प्रतिवेदन २०७४ ÷२०७५, लेखा परीक्षकको प्रतिवेदन २०७४ ÷२०७५, बजेट तथा कार्यक्रम २०७५ ÷२०७६, आन्तरिक लेखा परीक्षण समिति गठन २०७५ ÷२०७६, लेखा परीक्षक नियुक्ती २०७५ ÷२०७६,योजना माग, निर्वाचनलगायत विविध विषयमा छलफल भएर सर्वसम्मत पारीत भएको सचिव घिमिरेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *