Sajhamanch Archive

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् ।

लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए । ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ । अन्नपूर्ण दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *