भद्रपुर महोत्सवमा ज्योती मगर आउने
Published: (Updated: )
by .भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य बोकेर महोत्सव सुरू गरेको महोत्सवमा चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् ।
भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरीमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक साँगीतिक प्रस्तुति दिइरहेको समयमा चर्चिक लोक आधुनिक गायिका मगर २५ गते साँझ प्रस्तुति दिन आउने भएकी हुन् । महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ ।
३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचान सहितका स्टल राखेका छन् भने महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय कलाकारको टोलीले प्रत्येक साँझ नेपाली साँगीतिक प्रस्तुति दिइरहेको हो । यस अवधिमा राष्ट्रिय कलाकार दिपक लिम्बू, उषा मलाहा लगायतले साँगीतिक प्रस्तुती दिइसकेका छन् भने चैत्र २४ साँझमा ग्लुमीगाइज बेण्ड र २५ गते साँझ ज्याोति मगरको धमकेदार साँस्कृतिक प्रस्तुती रहेको आयोजक समितिले जानकारी दिएको छ ।
Comments