Sajhamanch Archive

जसले हरेक स–साना खुड्किला चड्दै आकाश चुमे !

Published: in रोचक कुरा / टिप्स, विविधा by .

बराक ओबामाको जीवन कथा

“हो हामी गर्न सक्छौ” यो भनाइ हो; स्वायत अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामा को ! उनको पुरा नाम बराक हुसेन ओबामा हो । उनका पिता सिनियर बराक ओबामा अफ्रिकी मुस्लिम मुलुकका नागरिक थिए । जो बाख्रा चराएर आफ्नो जीवन यापन गर्दथे । समय बदलियो उनले छात्रवृद्धि पाए र अमेरिका पुगे । जहाँ उनको भेट एन्दनाम सँग भयो  । जो एन स्वायत(वाइट) अमेरिकन थिइन । दुबैले विवाह गरे । उनीहरूको सन्तानको रूपमा सन् १९६१ अगस्ट ४ मा होनोलुलु युएसमा बराक हुसेन ओबामाको जन्म भयो । बिस्तारै सिनियर बराक र एन्दानमको सम्बन्ध राम्रो रहेन र सन् १९६४ मा उनीहरू बिच सम्बन्ध विच्छेद भयो । यी दुई छुट्टिएर बस्न थाले ।

सन् १९६५ मा एनदनामले लोलोस्यो टोरियो सँग आफ्नो दोस्रो विवाह गरिन  । जो इण्डोनोसियन नागरिक थिए । यी दुई सँगै बराक ओबामा पनि इण्डोनेसिया आएर बस्न थाले । करिब नौ वर्षसम्म बराक इण्डोनेसिया बसे । दुई वर्ष सम्म उनले इण्डोनेसियाको स्थानीय भाषामा अध्यान समेत गरे । उनकी आमा त्यही रहँदा एक छोरी (ओबामाकी बहिनी) को जन्म भयो । अब एनदनाम आफ्ना दुई सन्तानको राम्रो शिक्षाका निम्ति पूर्ण अमेरिका रहेका आफ्ना आमा-बुवाको घरमा बस्न जान पुगिन ।  आफ्ना हजुरबा-हजुरआमाको मै रहँदा बराकले इस्फिनडीफेनहाउस एकेडेमीमा भर्ना भए । तर उक्त शिक्षालयमा उनलाई सहज भने भएन । उनको कक्षा केबल ३ जना काला बच्चा थिए । जुन कारणले कक्षामा उनलाई एकदमै भेदभाव पूर्ण व्यवहार सहनु पर्दथियो । उनलाई बक्सिङ खेलमा निकै लगाब छ । मोहमद अलि उनको मन पर्ने बक्सर खेलाडी हुन् I मोहमदको ‘ग्लोव्स’ पनि ओबामा सँग छ र उनले संगालेर राखेका छन् । ओबामा बायाँहातले सम्पूर्ण काम गर्थे I

अहिले पनि उनको त्यो क्षणलाई सम्झिँदै भन्छन्, “मलाई सधैँ बुवाको कमी महसुस हुने गर्छ । यदि मेरो जीवनमा अन्य केटाकेटीको जस्तै माता-पिताको समान साथ रहेको भए ?” जस्ता कल्पना उनी अहिले सम्म पनि गर्दछन् I एक दुर्घटनामा परी सन् २४ नोभेम्बर १९८२ मा उनका पिताको मृत्यु भयो । उक्त दुर्घटना अघि नै उनले आफ्ना दुबै खुटा सँगै जागिर समेत गुमाई सकेका थिए ।

ओबामा यसपछि लस अन्जिलिसको एक कलेजमा भर्ना भए । जसको केही समय मै उनलाई कोलम्बिया युनिभर्सिटी न्यु योर्कमा ट्रान्सफर गरियो । त्यहाँबाट उनले राजनैतिक शस्त्र अन्तर्गत डिग्री हासिल गरे । यस पछि उनले दुई वर्ष व्यावसायिक क्षेत्रमा काम गरे ।

अनि सन् १९८५ मा उनी सिकागो पुगे । त्यहाँ उनले कम्युनिटी अर्गनाइजरका रूपमा काम गर्न थाले । यस पछि उन “ट्रिनिटी युनाइटेड चर्च क्राइस” मा भर्ना भए । यस पछि फेरि उनी आफ्ना पिताको भुमी केन्या गए । केन्या बाट फर्किए लगतै उनले हार्डवर्ड स्कुलमा भर्ना भए । यसको एक वर्ष लगत्तै उनी एक कानुनी फर्ममा समेत भर्ना भए । यहाँ उनको भेट मिस्सेल रोबिन्सन सँग भयो । उनी आफै एक वकिल थिइन् । यहाँबाट ओबामाको जीवनमा प्रेमको अध्याय सुरु हुन्छ । सन् १९९० फेब्रवरीमा पहिलो अफ्रिकन अमेरिकन सम्पादक नियुक्त गरियो । सन् १९९१ मा उनी हार्डवर्डबाट दीक्षित भए । ‘ल स्कुल’ पछि उनी सिभिल राइटस लयरको अभ्यासका लागि सिकागो स्थित एक फोरममा संलग्न रहे । उनले विद्यार्थीहरूलाई ‘सिकागो स्कुल अफ ल’मा पढाउन सुरु गरे ।

सन् १९९२ देखि सन् २००४ सम्म बिस्तारै-बिस्तारै अध्यापकका रूपमा पढाउन थाले । उनी प्राध्यापक समेत बने । सन् १९९२ अक्टोबर ३ मा  मिस्सेलसँग ओबामाको विवाह भयो । विवाह पछि उनीहरूका ‘माल्या’ र ‘सासा’ गरी दुई सन्तान भए ।

ओबामाको राजनैतिक जीवनलाई खोतल्दा उनी एक वक्किलको मार्गबाट राजनैतिक गन्तव्य तर्फ होम्मिन पुगे । जुन बाटो हिँड्दै गर्दा राजनितीमा लाग्ने प्रेरणा मिल्यो । सन् १९९६ मा उनी प्रदेश संसदको चुनाव लडे र जित हासिल गरे । उनी सन् २००४ मा पुर्न अमेरिकी राज्य संसदको चुनाव लडे I यसमा पनि जित हासिल गरे । यसपछि उनले आफ्नो अमेरिका प्रतिको भिजनलाई एक पुस्तक मार्फत प्रस्तुत गरे ।

त्यसपछि उनको लोकप्रियता अझै आकाशीयो । उनको लोकप्रियतालाई देखेर सन् २००८ को अमेरिकी राष्ट्रपतिको निम्ति डेमोक्रेटिक पार्टीले ओबामालाई उभ्यायो । रिपब्लिकन पार्टीका उनका प्रतिपक्षी जोर्न मेकनलाई  उनले भारी मत अन्तरले पछि पारे । तब; बराक ओबामा अमेरिका कै पहिलो सास्वत: नेग्रो पहिचान बोकेका, अमेरिकी राष्ट्रपति बने । उनको शानदार कामलाई देखेर फेरी पनि सन् २०१२ मा डेमोक्रेट पार्टीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनायो । जसमा पनि भारी मत अन्तरबाट उनी दोस्रो कार्यकालका निम्ति अमेरिकी राष्ट्रपति पदमा नियुक्त भए ।

हुन त ओबामाले धेरै उपलब्धि हासिल गरे यद्यपि अमेरिकामा भएको सबै भन्दा ठुलो आतङ्कित हमला नायन/ इलेवेन हमलाको निम्ति ओबामाले जे कदम उठाए, त्यसका निम्ति अमेरिका उनलाई सधैँ याद राख्नेछ । जब पाकिस्तान भित्र एट्टाबाद अवस्थित अमेरिकाको नेबिसिल कमान्डोको सहयोगमा अल्काइदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु लक्षित गरिएको अप्रेसन सफल भयो र ओसामा बिन लादेन मारिए । यसका निम्ति उनलाई सन् २००९ मा अन्तर्राष्ट्रिय राजनीति सहयोगका निम्ति ‘नोबेल’ पुरस्कार समेत प्रदान गरियो । आज उनी अमेरिकाका पूर्व राष्ट्रपति हुन् तर उनको लोकप्रियतामा कुनै कमी आएको छैन ।

अमेरिकी नागरिक आज पनि उनलाई  राष्ट्रपति कै सम्मान दिने गर्दछन् । उनले अमेरिकामा राष्ट्रपति कार्यकाल सके लगत्तै फ्रान्समा राष्ट्रपतिको पदका निम्ति चुनावको तयारी हुँदै थियो I तब ठुलो सङ्ख्याका स्थानीय नागरिकले आफ्ना राष्ट्रपतिका निम्ति ओबामाको माग गरे । ओबामा सर्वसाधारणको मागलाई स्विकार्न सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *