‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग
Published:
by .काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
यो खेलले हिंसाप्रति उनीहरुको लगाव बढेको मनोचिकित्सकहरु बताउँछन् । खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी)अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरु पुगेका हुन् ।
‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरुमा विस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।कान्तिपुर दैनिक बाट ।
Comments