Sajhamanch Archive

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं ।समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने बताए । अन्नपूर्ण दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *