Sajhamanch Archive

अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ ।

बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

विस्फोटमा परेर सन् २०१९ भित्रै अफगानिस्तानमा ७ जना अमेरिकी सेनाको मृत्यु भइसकेको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *