Sajhamanch Archive

बिर्तामोडमा ‘मिस एसईई प्रोविन्स वान’को तयारी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

विर्तामोड । एसईई परीक्षा दिएर बसेका किशोरीहरुको क्षमता प्रस्फोटन गराउने उदेश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरिय शौन्दर्य प्रतियोगिता हुने भएको छ ।

ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी भएको छ । झापामा प्रतियोगिताको यो चौथौ संस्करण हो । प्रतियोतियोगितमा प्रदेश १ का १४ जिल्लाका एसईई परीक्षा दिएका किशोरीहरुले भाग लिन पाउने छन् । जसका लागि झापाको बिर्तामोड सहित, इलामको सदरमुकाम, सुनसरीको इटहरी, मोरंगको बिराटनगर, उदयपुरको गाईघाट सहितको जिल्लामा छनौट कार्यक्रम शुरु भएका छन् । प्रदेश १ बाट ३० जना किशोरीहरुलाई समावेश गरि प्रतियोगिता सञ्चालन गरिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

प्रतियोगितामा समावेश प्रतिस्पर्धीहरुलाई मिस नेपालको ढाचामा एक महिना बन्द शत्रमा राखि व्यक्तित्व तथा नेतृत्व बिकास, आत्मबिश्वस, पब्लिक स्पिकींग, मोडलिंग लगायतका ३५ बिधामा कक्षा दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ महिनाको दोस्रो सातामा हुने छ । प्रतियोगिताको बिजेताले सिधै मिस प्लानेट नेपालमा भाग लिने पाउने छन् । बिजेताले ५० हजार राशी नगद सहित उच्च शिक्षाका लागी छात्रबृत्ती प्राप्त गर्ने आयोजक संस्थका कार्यकारी निर्देशक सरोज खरेलले दिए । प्रतियोगितालाई इष्टन एम्पायर कलेज अफ होटल म्यानेजमेन्टले टाइटल स्पोन्सर गरेर साथ दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *