Sajhamanch Archive

सार्वजनिक स्थानमा डस्विन

Published: in राष्ट्रिय समाचार by .

अर्जुनधारा । बढ्दो बातावरण प्रदुषण न्युनिकरणका लागि अर्जुनधारा नगरपालिकाको आयोजना र सामाजिक क्रियाशिल संस्था रोटरी ट्रयाक क्लब अफ बिर्तामोडको सहकार्यमा सार्वजनिक स्थानमा डस्टबिन राखेको छ ।

फोहोर व्यवस्थापन गर्न र फोहोरले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गराउनका लागी यो व्यवस्था नगरपालिकाले अघि बढाएको हो ।
आज सम्पन्न डस्टविन राख्ने कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका उप–प्रमुख कमला खतिवडाले क्लबको यो युवाहरुले गरेको कार्यको प्रशंसा गरिन । पहिलो चरणमा बजार क्षेत्र अभियानले समेटेको उनले बताउँदै विस्तारै विस्तारै गाउँटोल सम्म पु¥याउने नगरपालिकाको लक्ष्य रहेको बताइन ।

लामो समय देखी सामाजिक कार्यमा सकृय यस संस्थाले नगरपालिकाको सहकार्यमा खुदुनाबारी, महानन्द चोक, शनिश्चरे चोक र कालीस्थानमा जनचेतना कार्यक्रम सहित डस्टविन वितरण गरिएको रोटरी क्लब बिर्तामोडका निवर्तमान अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए । २ सय १६ वटा डस्टविन सो क्षेत्रमा वितरण गरिएको उनले बताए । नगरले अर्जुनधारालाई सफा बनाउन नुमनाको रुपमा कार्यक्रम अगाडि बढाएको बताइएको छ । यसको अनुगमन स्थानीय टोल विकास समितिले गर्ने सक्ने बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले बताए ।

कार्यक्रममा क्लका पूर्व अध्यक्ष विवेक बस्नेत, राज मुखिया, अर्जुनधारा नगरपालिकाका प्रेस सल्लाकार सागर गौतम, बोर्ड सदस्य दिलमाया शिवा, नगरसभा सदस्यहरु होम दुलाल, सिताराम भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा–२ अध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस क्लब स्थापना काल देखी नै सामाजिक कार्यमा सक्रिय रहेको छ । क्लबले गत वर्ष पनि अर्जुनधाराका विद्यालय, स्वास्थ्य चौकी लगायत बिभिन्न क्षेत्रमा आवश्यकता अनुसार खानेपानीको फिल्टर बाँडेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *