Sajhamanch Archive

‘ट्वाइलेट एक दुःखद कथा ’ म्युजिक भिडियो सार्वजनिक हुँदै

Published: in टिप्स/जानकारी by .

झापा ।  आदिवासी समुदायमा ट्वाइलेट नहुनुको पिडालाई कथामा चित्रण गरी छायाङ्कन गरिएको सचेतना मुलक म्युजिक भिडियो बजारमा आउने भएको छ ।

‘ट्वाइलेट एक दुःखद कथा’नाम दिएको सो भिडियोमा घर घरमा शौचालय नहुँदाको पिडा म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।
मेचीनगर नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रस्तुतीको रुपमा ल्याइएको म्युजिक भिडियो पूर्ण रुपमा सचेतना मुलक रहेको छ ।

गायक श्रीकृष्ण लुईंटेल‘बोकेदारी’को आवाज तथा निर्देशनमा बन्न लागेको सो भिडियोमा घरमा शौचालय नहुँदा पारिवारीक रुपमा हुने झगडा, बिछोड, पश्चताप साथै यसै बिषयमा एक युटुवरको कारण कसैको ज्यान गएको कथा समेत प्रस्तुत गर्न खोजिएको छ ।
युटुव मार्फत सार्वजनिक गरिने भिडियोले घर घरमा शौचालय बनाउ भन्ने सन्देश दिएको छ ।

भिडियोमा मूख्य कलाकारको रुपमा संचारकर्मी झापाली खगेन्द्र घिमिरे,पुस्कर गुरागाई,मेरी राई,पुजा क्षेत्री अधिकारी,दुर्गा गिरी, एलिसा बुढाथोकी, बिष्णु गिरी, कृष्ण सुवेदी लगायतको भुमिका रहेको छ । सुवास लिम्बुको छायाङ्कन तथा सम्पादन रहेको भिडियो झापाका बिभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *