Sajhamanch Archive

हक्की खेलाडी विदाई

Published: in खेलकुद by .

काँकारभिट्टा । हक्की खेलको एक नम्बर प्रदेशस्तरीय पुरुष खेलाडीहरुलाई सोमबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने उक्त खेल विधाका खेलाडीलाई काँकरभिट्टामा कार्यक्रम गरी विदाई गरिएको हो ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनोट हुँदै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिई छानिएका १८ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

बाँकेको सदरमुकाम नेपालगञ्जमा चैत २७ देखि वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई खादा र अविर पहिर्याएर शुभकामनासहित विदाई गरिएको थियो ।

कार्यक्रममा मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङ, जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, मेची भन्सार कार्यालयका अधिकृत भरत अधिकारी, जिल्ला हक्की संघ अध्यक्ष रविन बस्नेत, हक्की सहायक प्रशिक्षक ज्ञानेन्द्र खड्का, कराते सहायक प्रशिक्षक कृष्ण बस्नेत, प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी निरीक्षक चिरञ्जीवि प्रसाईंलगायतको उपस्थिति थियो ।

सो प्रतियोगिताको उद्घाटन वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट हुनेछ भने समापन वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *