Sajhamanch Archive

निर्माणाधिन विकासको आयोजना रोकिएको जनगुनासो, सांसद सरावगीद्वारा अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by .

भद्रपुर । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधिन विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि प्रदेश सांसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राखेका छन् ।

अघिल्लो सरकारका पालामा काम सुरू भएका सडक, खानेपानी, पुल कल्र्भट सिञ्चाइ जस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले वजेट नपठाएपछि रोकिएकोे जनगुनासो आएपछि प्रदेश सांसद मार्फत प्रदेश र केन्द्रीय सरकारलाई काम सुचारू गर्न दवाव दिने उद्देश्यले सरावगीले स्थलगत अनुगमन गरेका हुन् ।

विगतको सरकारका पालामा सुरू भएका खानेपानी, सडक, सिञ्चाइ, अस्पताल भवन, सभागृह जस्ता महत्वपूर्ण बहु वर्षे आयोजना निर्माणका लागि छुट्याइएको वजेट रोकेर निर्माणमा अवरोधको अवस्था सिर्जना भएको स्थानीयले सांसद सरावगीसित गुनासो पोखेका थिए । झापा सदरमुकाम दक्षिणका निर्माणाधिन रहेका बहुवर्षे आयोजना अन्र्तगत २१ करोडको भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन, ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माण, १६ करोड ३६ लाख ५०हजार ७५५ को चारआली केचना चक्रपथ, केचना ५ करोडको केचना खानेपानी ट्याङ्की, १६ करोड ३६ लाख ६३ हजार ८४९ को पाठामारी—बालुवाडी सडक, १ करोड ५४ लाखको सुकुनाडिगी खानेपानी ट्याङ्की, १ कराड २० लाखको पथरिया कृषितालिम सामुदायिक भवन, १० करोड २२ लाखको सुकुनाडिगी घेरावारी सडक, ५ करोड ५५ लाखको, धेरावारी स्थित देउनिया खोला पुल, बिरिङ खोला झोलुङ्गेपुल, भद्रपुर स्थित भैसावरी जोड्ने मेची खोला झोलुङ्गे पुल, पाठामारी स्थित मेचिखोलाको झोलुङ्गे पुल, लगायत दर्जन बढी करोडौंका आयोजनाका काममा वजेटका कारण भइरहेको ढिलासुस्ती बारे प्रदेश सांसद सरावगीले चासो राख्दै स्थलगत अनुगन गरेका हुन् ।

अनुगमन टोलीमा नेपाली काँग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, क्षेत्रीय उपसभापति चिन्तामणि खरेल, झापा जिल्ला सदस्य कालेन्द्र राजवंशी, महिला संघ भद्रपुर नगर सदस्य ज्योति न्यौपाने, नविसंघ झापा सचिव नारायण नेपाल लगायत रहेका थिए । अनुगमनका क्रममा टोलीसित निर्माण अवधि ८० प्रतिशतसम्म पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम अड्कीएका अधिकाम्स आयोजनाको कामको अवस्था बारे संघीय सरकार र प्रदेश सरकारले बेवास्ता गरेको स्थानीयको दुखेसो थियो । निर्माणका चरणमा रहेका केही आयोजनाका काम सुस्तागतिमा भइरहे पनि निर्माण स्थलमा सरकारी प्राविधिकले अनुगमान तथा सुपरिवेक्षणको काम नियमित नगर्दा गुणस्तरहीन निर्माण भइरहेको पाइएको थियो । रोकिएका सवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण सम्बद्ध कम्पनीका प्रतिनिधिले बताएका छन् । हाल स्थगित रहेका कुनै पनि आयोजनाले गत असारबाट भुक्तानी नआएको दाबी गर्दै काम छोड्न बाध्य हुनु परेको गुनासो राखेका छन् ।

अनुगमन पश्चात यस क्षेत्रका रोकिएका सवै आयोजना सुचारू गराउन प्रदेश संसदमा जोडदार आवाज उढाउने संसद सरावगीले स्थानीयलाई आश्वास्त पारेका छन् । उनले प्रदेश सरकारको ढोकामा उभिएर यी सवै आयोजना अलपत्र पार्ने खेल बन्द गराएरै छोड्ने वचन समेत दिएका छन् । यता स्थानीय भने संघीय सांसदका प्रतिनिधि राजेन्द्र लिङ्देन निर्वाचन जितेपछि झापा क्षेत्र नम्बर ३ का दुरदराजका विकट स्थान नफर्किएको बताउँछन् । अधिकांश क्षेत्र विकट तथा पछाडि परेका नागरिकको बसोबास भएको यस निर्वाचन क्षेत्रमा चुनाव अगाडि हरेक दिन आउने लिङ्देन संसद भएपछि रोकिएका आयोजना सुचारूको पहल गरिदेऊ भनेर बिन्ति गर्दा समेत नफर्किएको पीडित स्थानीयले दुखेसो पोखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *