एनमसीको निशुल्क स्वास्थ्य शिविर, सय बढीको स्वास्थ्य परिक्षण
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका स्थित केर्खामा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १०९ जनाले सेवा लिएका छन् । आइतबार एनएमसी सहकारी कर्खाको आयोजनमा भएको मधुमेह रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा सहकारीका सदस्य र गैर सदस्य गरी १०९ जनाले सेवा लिएका हुन् ।
आर्थिक अवस्था कमजोर भएका सदस्य तथा गैर सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण सञ्चालन गरेको एनएमसी सहकारी दूधे संयोजक दूर्गाप्रसाद भट्टराईले बताए ।
शिविरमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण, रगत परिक्षण, परामर्श सेवा र निशुल्क औषधी समेत वितरण गरिएको एनएमसी सहकारी केर्खाका कर्मचारी हेमन्त नेपालले जानकारी दिए ।
स्वास्थ्य शिविरमा सेवा लिने सम्पूर्ण सहभागीहरुलाई शिविर सञ्चालन मितिदेखि एक सातासम्म कन्काई हस्पि६ल प्रा.लि. मा निःशुल्क मधुमेह परिक्षण गराउने कन्काई हस्पि६ल प्रा.लि. का व्यवस्थापक अभय कुमार भुजेलले जानकारी दिए ।
शिविरमा १९ बर्षदेखि ८८ वर्ष उमेर समूहले स्थानीयको सहभागीता रहेको थियो भने कनकाई हस्पिटलल विर्ताकोडको प्राविधिक सहयोग रहेको थियो ।
Comments