Sajhamanch Archive

पानी जमेको खाल्डोमा डुबेर दुईजना बालिकाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

सर्लाही । पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ ।

गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।

मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए । इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ । ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *