Sajhamanch Archive

७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि योग्य ठहरिएनन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् ।

शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् ।

काउन्सिलले बीडीएस उत्र्तीणका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ५ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् ।कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *