सकियो तीन महिने निःशुल्क विद्युत जडान तालिम
Published:
by .विर्तामोड । तीन महिना अघिदेखि सञ्चालित निःशुल्क विद्युत जडान तालिमको विहीबार समापन गरिएको छ ।
बिर्तामोडमा नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड ( एनएमसी) झापा अन्तर्गतको युवा सरोकार समिति तथा सीप विकास केन्द्र भद्रपुरको संयुक्त व्यावस्थापनमा सुरु गरिएको तीने महिने निःशुल्क विघुत जडान तालिमको एक कार्यक्रमका बीच समापन गरिएको हो ।
नएमसी झापाका अध्यक्ष राम चन्द्र उप्रेतीको प्रमुख अतिथ्यिता र सीप विकास केन्द्र भद्रपुरका प्रमुख शुभेन्द्र मण्डलको विशेष अतिथ्यितामा तालिम एनएमसी कार्यालय बिर्तामोडको शाखा भवनमा सकिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले, तालिममा सहभागीहरुले सिकेका बुझेका कुराहरु जीवनमा लागु गर्दै अघि बद्न आग्रह गरे । उनले राष्टि«य निमार्णमा आवश्यक पर्ने विघुतको क्षेत्रमा काम गर्न सक्ने जनशक्ति हामीले यस पटक निमार्ण गरेका छौँ , यसले अब देशकै भलो हुन्छ । उनले सबैमा नयाँ सोच, विचार र हिम्मतका साथ सबैलाई अघि बदन आग्रह गरे ।
२५ जनाको सहभागीता भएको सो तालिममा खडका नारायण राजवंशीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन एनएमसी बिर्तामोड शाखाका प्रमुख पारस चन्द्र भटट्राईले गरेका थिए ।
Comments