होल्ड गर्न इन्धन नहुँदा एयरबस ल्यान्डिङ
Published:
by .काठमाडौँ । हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (नेपाली नाम सगरमाथा)विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले प्रायोरिटी ल्यान्डिङ (प्राथमिकतामा राखेर अवतरण) गराएका छन् ।
निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर आरए४१० विमानमा १ सय ५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि काठमाडौँ विमानस्थलको टावरमा रहेका एटीसीलाई १० मिनेटभन्दा आफूहरु होल्डमा रहेर फन्को लगाउन नसक्ने बताएका थिए । कान्तिपुर दैनिकबाट ।
Comments