Sajhamanch Archive

हल्दिबारीमा उद्घोषण तालिमको समापन

Published: in राष्ट्रिय समाचार by .

हल्दिबारी । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले झापाको हल्दीबारीमा सञ्चालित सात दिवशीय आधारभुत उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गतदेखि सञ्चालित भएको थियो । तालिममा सहजीकरण सञ्चारकर्मी द्वय जसोदा राजवंशी र पुष्पा लिम्बुले सहजीकरण गरेका थिए ।

पाराखोपी , भेलागुडी र बरपिपल डाँडागाउँ टोल बिकास संस्थाले संयुक्त रुपमा आयोजना गरेको तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेनले झापाका अन्य स्थानीय तहहरु भन्दा हल्दीबारी गाउँपालिका बिकास निर्माणका कार्यमा अग्र स्थानमा रहेको दावी गरे ।
उनले यहाँका स्थानीय महिलाहरुले देखाएको सक्रियता अन्य जुनसुकै स्थानका लागि उदाहरणीय बनेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष लिङ्देनले “ हल्दीबारीका महिला , बिकासमा पहिला ”भन्ने नारालाई मुर्तरुप दिन यस किसिमको उद्घोषण तालिम आगामी दिनमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

बरपिपल डाँडागाउँ टोल बिकास संस्थाकि अध्यक्ष खिना देवी घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंबर दुईका वडा अध्यक्ष राजेन्द्र योङहाङ , वडा सदस्य खगेन राजबंशि लगायतले बोलेका थिए । तालिममा ५० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *