Sajhamanch Archive

लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ  संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि २१ महिनाको ‘अनावश्यक घरभाडा तिरेको’ छ ।

यो अवधिमा संयुक्त अरबमा राजदूत पद खाली थियो । पूर्ववर्ती राजदूत धनञ्जय झा २०७२ वैशाखमा पदावधि सकेर फर्केका थिए ।कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *