सकारात्मक दिशामा नेकपाको एकता प्रक्रिया : ओली नेपाललाई मिलाउँदै प्रचण्ड
Published: (Updated: )
by .काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेकपा एकताको प्रक्रिया सकारात्मक दिशामा पुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएका हुन्।
गत बिहीबार राती चन्द्रागिरी हिल्स रिसोर्टमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलसहित आवासीय बैठक गरेका अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सबै तहको एकताको टुंगो लगाउने गरी गृहकार्य तीव्र पारेका हुन्।पार्टी सचिवालयका अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गरेका अध्यक्षद्वयले दुई दिनदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर एकताको गृहकार्य गरिरहेका छन् ।‘अध्यक्षद्वयले बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ, अब ढिला नगरी एकताको निर्णय लिनुपर्नेमा सबै नेताहरु सहमत हुनुहुन्छ, अब एकता प्रक्रिया लम्बिँदैन’ भेटबारे बालुवाटारस्रोतले बतायो ।पुर्व दूई पार्टी माओवादी र एमालेबिचमा नेतृत्वको भागबण्डा करिब सकिएको छ ।
जिल्ला पार्टीस्तरमा कोकसलाई नेतृत्वलाई छनौट गर्ने भन्ने जिम्मा पूर्व पार्टी र नेताहरुलाई नै रहेपनि कुन जिल्ला कुन पार्टीको भागमा भन्ने कुरा भने टुगिंएको बताइएको छ ।यसैगरी युवा, विद्यार्थी, मजदुर र महिला गरी ४ वटा जनवर्गिय संगठनको बारेमा निर्णय हुन बाँकी रहेको भएपनि अन्य जनवर्गिय संगठनको नेतृत्व कसले गर्ने भन्ने विषयमा ओली प्रचण्डबिच सहमति भईसकेको छ ।तर पूर्व एमालेले पाउने कोटाबाट माधव नेपाल पक्षलाई पत्तासाफ बनाउन खोजिएको भन्दै नेपाल पक्षले असमहति राख्दै आईरहेको कारण एकता प्रक्रिया लम्बिएको थियो ।चन्द्रागिरि बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीलाई नेपाललाई पनि सँगै लिएर जान सहमत गराएका थिए । सोही अनुसार अहिले नेपाल सहति बसेर होमवर्क भईरहेको नेताहरुले बताएका छन् ।नेताहरु कम्युनिष्ट पार्टी स्थापना दिवशको दिन अर्थात बैशाख ९ गते एकता टुग्यांउने गरी लागिरहेका छन् ।
खबर डबलीबाट ।
Comments