Sajhamanch Archive

मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ

Published: in विविधा by .

मेचीनगर । मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ बुधबार नेपाल भारतको सीमा मेचीपुलबाट प्रारम्भ भएको छ । अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा प्रमुख आचार्यले आफ्नो गाउँ तथा नगरक्षेत्र भित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई स्वच्छ, सफा, स्वस्थ्य, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न आग्रह गरे । सफा नेपाल अभियानमा सहभागी बनौ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ, हामीले नगरे कस्ले गर्ने, अहिले नगरे नगरे कहिले गर्नेलगायतका नारा लेखिएको व्यानरसहित शुरु अभियानमा सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाहरुका प्रमुख प्रतिनिधिहरुले साथ दिएका थिए ।

कार्यक्रममा नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बनिध कार्यविधि २०७५ समेत प्रमुख आचार्यलाई प्रदान गरिएको थियो । वागमती सफाई अभियानका अभियान्ता विर्तामोड सफाईका अध्यक्ष भरत बस्नेतको नेतृत्वमा रहेको अभियान र आगामी बुधबारबाट पश्चिम महेन्द्रनगरबाट शुरु हुने अभियान एकसाथ भेला भएर मेची महाकाली सरसफाई अभियान समापन हुने छ ।

अभियान उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी राजस्व एवम् भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश घिमिरे, मेची सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलसहित अन्य पदाधिकारीहरु, रेडक्रमकर्मी, सचारकर्मी, उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *