नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्दछः प्रधानमन्त्री ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।
विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भने “नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ । ”
“हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन । प्रम ओलीले भने,
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाकालागि अभिभावक सचेतना सञ्चालन गर्नु पर्ने बताए । “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रम ओलीले भने, “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।”
प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पार्दै ओलीले भने, अहिले आन्दोलनको स्वरुप फेरिएकोे छ । “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भने, “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”
गतबर्षदेखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे । “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नकालागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनु नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।
अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले सहजिकरण गरेका थिए ।
Comments