Sajhamanch Archive

जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा स्थगन

Published: in राष्ट्रिय समाचार, विविधा by .

नयाँदिल्ली । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा स्थगन गरेको छ ।

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधवार अन्तिम उडान गरेको थियो ।

जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरू गर्ने आशा पनि व्यक्त गरेको छ ।

कम्पनीमाथि १ अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ ।

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरूलाई अनुरोध गरिसकेको छ । कम्पनीमा हाल २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गत महिना अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन् । बिमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन् ।

‘गएराति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको छ,’ एयरलाइन्सले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *