मोरङमा बम डिस्पाेज गर्न पुगेकाे टाेलीले कुकरभित्र बासी भात भेटेपछि….
Published: (Updated: )
by .विराटनगर । नेत्र विप्लप चन्द्र विप्लव समूहले बन्द्र आह्वान गरेको दिन बिहीवार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका– ३ स्थित पूर्व–पश्चिम राजमार्गको किनारमा शंकास्पद बस्तु भेटियो । बिहान मर्निङवाकमा हिँडेका व्यक्तिहरूले कालो प्लास्टिकमा कुकुर र कुकरबाट केही परसम्म तार पुर्याएको देखेपछि प्रहरीलाई खबर गरे ।
बम भेटिएको हल्ला एकैछिनमा गाउँभरि फैलियो । शंकास्पद वस्तु भेटिएको स्थानमा प्रहरीले सर्तकता अपनाएर नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट बम डिस्पोजल टोलीलाई खबर ग¥र्याे ।
बिहान बम डिस्पोज गर्न पुगेको टोलीले कुकरभित्र बासी भात र साबुनका टुक्रा मात्र भेटे । बिहान करिब साढे ५ बजे भेटिएको वस्तुले आसपासका क्षेत्रका सर्वसाधरण त्रसित भएका थिए ।
बिहान पुगेको प्रहरीले पुरानो कुकरभित्र भात र साबुनको टुक्रा भेटेको प्रहरी स्रोतको जानकारी दिएको छ । तर, मोरङ प्रहरीले आाधिकारीक रुपमा पुष्टी गरेको छैन् ।
शंकास्पद वस्तु डिस्पोज गरेको बताउँदै भात भएको विषयमा जानकारी नभएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘शंकास्पद वस्तुभित्र पड्किने सामाग्री थिएन् ।’ केसीले भने ।
बासी भात भेटिएको फोटो सार्वजनिक भएको विषयमा जिज्ञासा राख्दा उनले आफूसँग भएको फोटोमा भात नदेखिएको बताए ।
Comments