Sajhamanch Archive

मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय रहेको छ ।

धेरै विद्यालयमा दरबन्दी अनुसारका विषयगत शिक्षक नहुँदा ज्यादैं ठुलो समस्या व्यहोर्नु परेको विद्यालयको भनाई छ । यो समस्या नगरका हरेक सामुदायिक विद्यालयको साझा हो । कति वटा विद्यालयमा एकजनामात्र माध्यमिक विद्यालयका शिक्षकको दरवन्दी छ ।

ती शिक्षकले एक्लै विद्यालय धान्नु परेको तीतो याथर्थ स्थानीय सरकार समक्ष पोखे । नगरका प्रायः सामुदायिक विद्यालयको हालत यस्तै रहेको गुनासो उनीहरुले राखे । नगरमा ४० वटा सामुदायिक विद्यालय रहेको मेचीनगर नगर शिक्षा शाखाले जनाएको छ ।

मेचीनगरक्षेत्रभित्र सञ्चालन भएका अधिकाँश सामुदायिक विद्यालयले आफ्ना समस्या विहीबार खुलेरै स्थानीय सरकार समक्ष राखेका छन् । मेचीनगर नगरपालिका शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान सफल पार्ने उद्देश्यले आदर्श माध्यमिक विद्यालय इटाभट्टा परिसरमा आयोजना गरेको सामुदायिक विद्यालयका प्रधानध्यापक र मेचीनगर नगरपालिका प्रमुख, उपप्रमुख तथा वडानम्बर—४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजकबीच भएको अन्तरक्रियामा सहभागी प्रधानध्यापकहरुले आफ्नो विद्यालयका समस्या स्थानीय सरकार प्रमुख प्रतिनिधिसँग खुलेरै राखेका हुन् ।

विहान शिक्षक घरदैलोमा नहिड्ने दिउसो अभिभावक घरमा नभेटिने विद्यालय भर्ना अभियानको मुख्यः चूनौती बनेको सहभागी शिक्षक प्रतिनिधिहरुको भनाई थियो । नगरका धेरै सामुदायिक विद्यालय नीजि स्रोतले चलेको भन्दैं उनीहरुले अब हरेक वर्षको तिहारमा देउसी भैलो खेलेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको औल्याए । सहभागी शिषक प्रतिनिधिहरुले हरेक पालिकाले शिक्षाका लागि बजेट विनियोजन गर्दा एकरुपताका आधारमा विनियोज गर्न समेत सुझाँव दिएका थिए ।

विद्यालयमा दरबन्दी हुने शिक्षक नहुने, खाजा नभएकाले बाल विकास कक्षा खाली भएको, विद्यालयमा छाना, चुहिने, झयाल ढोका मर्मत, शौचालय खानेपानी आदिको समस्या, स्रोत व्यक्तिको सट्टा शिक्षकलाई कसरी व्यवस्थापन गर्ने, समयको पालना नगर्ने, पाठ्यपुस्तक समयमै प्राप्त नहुने अधिकाँश सामुदायिक विद्यालयका सामुहिक समस्या रहेको सहभागी प्रधानध्यापकहरुले धारणा राखेका थिए । उनीहरुले विद्यालय वरिपरी सञ्चालनमा रहेका मदिरा र सुर्तीतथा सुर्तीजन्य वस्तुको विक्री वितरणमा रोक लगाउन समेत स्थानीय सरकारलाई आग्रह गरेका छन् । विषय विज्ञ शिक्षकको अभाव,अभिभावकको माग अनुसार अंग्रेजी माध्यामद्वारा पठन पाठन गर्न नसक्नु, हरेक विद्यालय भवन जीर्णतथा बालमैत्री छात्रामैत्री र विद्यार्थीलाई आर्कषण गर्ने खालका नहुनुले पनि विद्यार्थी भर्ना अभिायनले सोचे अनुसार सफलता प्राप्त गर्न नसकेको प्रधानाध्यापकहरुको भनाई थियो ।

आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक हेमकुमार खड्का, बालसुबोधिनी आधारभुत विद्यालयका प्रधानध्यापक विश्व थापा, धुलावारी माध्यमिक विद्यालयका प्रधानध्यापक महेन्द्रविलास लुईँटेल, बालकल्याण माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण न्यौपाने, ज्यामिरगढी माध्यमिक व्दिालयका प्रधानध्यापक शान्तिराम चौलागाईँ, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रशेखर गुरागाईँ शिशु साक्षर आधारभुत विद्यालयका प्रधानध्यापक जसोदा सुब्बालगायतले नगरका सामुदायिक विद्यालयको विगत वर्तमान अवस्थाका वारेका जानकारी दिदैं समस्या राखेका थिए ।

समुदायिक विद्यालयका समस्या र गुनासो सुनेर कार्यक्रममा बोल्दै स्थानीय सरकार प्रमुख विमल आचार्यले मेचीनगर क्षेत्रभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नगरपालिकाले कुनै कसर बाकी नराख्ने प्रष्ट पारे । उनले पहुँच, राजनीतिक आस्था र विचारका आधारमा कुनै पनि शैक्षिक संस्थालाई वजेट नदिने भन्दैं स्थानीय सरकारका हैसियतले प्राथमिकता र आवश्यकताका आधारमा समान दृष्टिकोणले बजेट विनियोजन गर्ने बताए । नगरप्रमुख आचार्यले नगरभित्र जीर्ण अवस्थामा रहेका विद्यालयको उचित मर्मत तथा सम्भारमा नगरपालिका लागेको भन्दैं विद्यालय भर्ना अभियानलाई सफल पार्न सवैसँग आग्रह गरे ।

उनले अब नगरपालिकाले प्रत्येक वडामा गठन भएका टोल विकास संस्थाहरुलाई समेत अभियानमा सहभागी हुन निर्देशन गर्ने र गतवर्षको तुलनामा यसवर्ष व्यापक सहभागिता गराएर विभिन्न सञ्चार माध्यममार्फत प्रचार प्रसारलाई तीव्र पारेर विभिन्न राजनीति दल, सरकारी तथा गैरसरकारी संघ संस्था अन्य शिक्षासेवीलाई साथमा लिएर अभियानलाई तीव्र पार्ने उनले बताए ।

सेवाक्षेत्र भित्रका सवै बालबालिकाहरुलाई विद्यालय ल्याउन, सिकाउन र टिकाउन, विद्यालय जाने उमेरका आफ्ना नानीहरुलाई विद्यालय पढन पठाउन, छरछिमेक टोल समुदायमा नानीहरुलाई विद्यालय पठाउन सहयोग गर्न, पढने उमेर भएका र पढाई छाडेका नानीहरुलाई समेत विद्यालय पुर्याउन नगर प्रमुख आचार्यले सवैलाई आग्रह गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले शिक्षाक्षेत्रमा असमान व्यवहार कहिल्यै नगर्ने बताईन् । स्रोत साधन पर्याप्त नभएपनि मेचीनगरभित्र रहेका सामुदायिक विद्यालयले जिल्लाका अन्य विद्यालयको तुलनामा सकरात्मक छाप छाडेको उनको भनाई थियो । दरवन्दी अनुसारका शिक्षक नभएका विद्यालयमा नगर शिक्षा शाखासँग छलफल गरेर ज्यालादारीमा शिक्षक राख्ने व्यवस्था मिलाउने उप्रेतीले बताईन् ।

वडानम्बर—४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले सामुदायिक विद्यालयतर्फ अभिभावक र विद्यार्थीको आर्कषण हुने गतिविधि विद्यालयले सञ्चालन गर्नुपर्ने बताए । सामुदायिक विद्यालयललाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण सिर्जना गर्न समेत वरालले सुझाव दिए । कार्यक्रमको सञ्चालन मेचीनगर शिक्षा शाखाका लोकबहादुर दाहालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *