Sajhamanch Archive

सुरज र राजनलाई शहीद बनाउनेहरु राजतन्त्र र धर्म सापेक्षता खोजी गर्दै मेची महाकाली अभियानमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक नम्बर प्रदेश कमिटीका सदस्य पुष्पराज पोखरेलले २०६३ सालमा गोली चलाउन आदेश दिएर सुरुज विश्वास र राजन गिरीलाई शहीद बनाउनेहरु अहिले राजतन्त्र र धर्म सापेक्षता खोजी गर्दै मेची महाकाली अभियानमा रहेको बताएका छन् ।

उनले आज शहीद सुरज विश्वासको १३ औं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा  बोल्दै हिजो सुरज विश्वास र राजन गिरीलाई मार्ने आदेश दिनेहरुको कर्तुतको भण्डाफोर गर्नु पर्ने बताए ।

कार्यक्रममा भद्रपुर नगर पालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले शहीद सुरज विश्वासको परिवारको स्वस्थ्य वीमा गरिदिने घोषणा गरे । कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठले शहीदको सपना पूरा गर्नलाई तपाई हामीले संसदीय मोर्चामा भइरहेको कार्यको अनुगमन र खवरदारी गर्नुपर्ने बताए ।

‘शहीदहरु देशको सम्पत्ति हुन’ भन्दै नेपाली कांग्रेसका जिल्ला सदस्य तोनाथ गडतौलाले शहीद दिवसको कार्यक्रम कुनै समिति वा क्लवले गर्नु भन्दा राज्यको निकायले गर्नु पर्ने सुझाव दिए ।

गोपाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रम निर्माण समितिका सचिव दिपक अग्रवालले सञ्चालन र सन्ध्या हाडाले स्वागत गरेका थिए ।

कार्यक्रमको शुरुमा प्रमुख अतिथि पोखरेल, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यलगायत सबैले शहीदको प्रतिमामा माल्यार्पण गरेका थिए ।

शहीद सुरज विश्वास र राजन गिरीलाई २०६३ साल वैशाख ६ गते शाही कालमा चन्द्रगढीको ट्रेड युनियन चोकमा तत्कालिन शाही नेपाली सेनाले गोली हानी हत्या गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *