Sajhamanch Archive

सरकारले जनताको अधिकार खोस्न खोजेको : देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले शनिवार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताएका हुन् ।

सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ,उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टीका महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । ुपार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन, उनले भने, ुवर्तमान सरकार संघीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्‍थ्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *