महिलाको ‘काल’ बन्दै दाइजो
Published:
by .वीरगन्ज। तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ ।
यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो । सो घटनासँगै तराई मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ । प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नलाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए । नागरिक दैनिक बाट ।
Comments