Sajhamanch Archive

धुलाबारी खानेपानीमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल, उम्मेद्वारी घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

धुलावारी । संघीय सरकाको नेतृत्व गरिरहेको नेकपा र त्यसको कडा प्रतिपक्षका रुपमा रहेको नेपाली काँग्रेस झापामा भने एक भएर नेतृत्व हुत्तयाउने दाउमा लागेका छन् ।

यसअघि अन्य दलसँग साँठगाँठ गदैं अस्तित्वको लडाई लड्दैं आएका यी दुई ठुला दल अहिले अन्य साना दललाई एकतातिर पारेर शनिबार हुन गईरहेको धुलावारी खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशिल समूहका रुपमा चूनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

समुहका उम्मेद्वारहरुको नाम घोषणा समेत भएको छ । उपाध्यक्ष, सचिव दुईजना सदस्य तथा मनोनित हुने ४ जना मध्ये २ जना सदस्य , नेकपाको भागमा परेपछि यी दुई ठुला दलबीच एकता भएको र संयुक्तरुपमा चुनाव लड्ने निधो गरेको नेकपाका मेचीनगर सचिव खेमराज पोखरेल राजुले बताए । नगरका क्रियाशील अन्य दललाई समेत सहकार्य सहमतिका आधारमा नेतृत्व चयन गर्नका लागि पटक पटक सम्पर्क गर्दा उनीहरुले समय गुजारेका कारण सत्ताको बागडोर समातेको नेकपा अनि त्यसको प्रतिपक्ष तथा सरकारका विरुद्धमा उत्रिएको नेपाली काँग्रेसबीच संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशिल समुह निर्माण गरी दुवै दलले आफ्ना समर्थक व्यक्तिलाई टिकट दिएर चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।

आइतबार मेची उद्योग बाणिज्य संघको सभाहलमा चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको उम्मेद्वारको परिचयात्मक कार्यक्रममा उम्मेद्वारको नाम घोषणा गदैं नाम सार्वजनिक गरिएको थियो । समुहकातर्फबाट अध्यक्षमा अजयकुमार घिमिरे, उपाध्यक्षमा चेतराज चेतन विष्ट, सचिवमा कञ्चन तामाङ तथा सदस्यहरुमा धनकाजी खत्री, हिमालय आङ्गदम्बे, केशव दाहाल, कृष्ण अधिकारी, राजु खड्का राजेश, लक्ष्मी उप्रेती तथा महिला सदस्यहरुमा अम्बिका संग्रौला भण्डारी र लक्ष्मी श्रेष्ठको नाम घोषणा गदैं उम्मेद्वार सार्वजनिक गरिएको थियो । खानेपानी आयोजनाको वृहत्तर रुपानतरणका लागि भन्दैं आफ्ना उम्मेद्वारलाई चुनावी मैदान प्रवेश गराएको हो । सोही

अनुसार निर्वाचन समितिको कार्यालयमा उम्मेद्वार मनोनयन गराइ सकिएको नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकीले बताए । संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य रविन कोइराला, १ नम्बर प्रदेश सदस्य विष्णु प्रसाई, नेपाली काँग्रेस महासमिति सदस्य तथा मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति तथा चुनाव प्रचार प्रसार समितिका संयोजक मणि उप्रेतीसहितका नेता कार्यकर्ताको उपस्थितीमा उम्मेद्वारको नाम घोषणा गदैं सार्वजनिक गरिएको थियो ।

भरखरै सम्पन्न संस्थाको १८ औँ वार्षिक साधारण सभाको उद्घाटनका प्रमुख अतिथि संघीय सांसद सुरेन्द्रकुमार कार्कीले स्थानीय तथा सामाजिक संघ संस्थाको निर्वाचनमा दलिय भागवण्डा वा प्रतिस्पर्धा गर्नु नहुने बताएका थिए । उनले अब हामी राष्ट्रिय राजनीतितर्फको निर्वाचनमा दलिय प्रतिस्पर्धा गरे केही फरक नपर्ने तर खानेपानी, शिक्षण संस्था, धार्मिक संघ संस्था, वनलगायत सामाजिक संघ संस्थामा दलिय प्रतिस्पर्धा नभएर सर्वसम्मत नेतृत्व चयन गर्ने कुराको विकास गर्न सुझाव दिएका थिए । त्यसैलाई शिरोधार्य गदैं यी दलले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न थालेको बताएका छन् ।

उम्मेद्वार परिचयात्मक कार्यक्रममा बोल्ने अधिकाँश दुवै पार्टीका नेताहरुले सामाजिक संघ संस्थामा राजनीतिक प्रतिस्पर्धा गर्न नहुने भन्दैं पहिलो पटक मेचीनगरबाट नेपाली काँग्रेस र नेकपाले सकरात्मक सन्देश दिएको बताए । संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा राजनीति हिसावले आ—आफ्ना पार्टीका उम्मेद्वारलाई मत दिएर विजयी गराउनुपर्ने भए पनि सामाजिक संघ संस्थामा सहमती र सहकार्य गदैं अघि बढ्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य रविन कोइराला, १ नम्बर प्रदेश सदस्य विष्णु प्रसाई, नेपाली काँग्रेस महासमिति सदस्य तथा मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति तथा चुनाव प्रचार प्रसार समितिका संयोजक मणि उप्रेती नेकपाका झापा जिल्ला सदस्य रेणुका डाँगीलगायतले बोलेका थिए ।

नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशिल समूहमा किन अन्य दल अटाएनन् प्रष्ट पारेका थिए । अन्य राजनीतिक दललाई समेत सहभागी गराएर जाने पटक पटकको आफ्नो आग्रहमा अन्य दल खासै सक्रिय नभएका र निर्णय गर्ने नेतृत्वको टुङ्गो नलाग्दा एकले अर्कालाई देखाएर पन्छिने प्रवृत्तिले यो समुहमा नेकपा र नेपाली काँग्रेस समर्थक व्यक्तिहरु उम्मेद्वार बनेको बुडाथोकीले जानकारी दिए ।

नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्यालले विभिन्न समिति तथा उपसमितिको नाम प्रस्तुत गरेका थिए । सवै नाम सहभागीले ताली बजाएर सर्वसम्मत रुपमा पारित भएको संकेत गरेका थिए । संस्थामा ४ हजार १ सय १९ जना मतदाता रहेका छन् । निर्वाचन समितिमा भने ११ पदका लागि २३ जानेको उम्मेद्वारी परेको छ । सामाजिक संघ संस्थामा राजनीति हवि भएको भन्दैं स्वतन्त्र उपभोक्ताहरुको साझा प्यानलकातर्फबाट चन्द्र खनाल नेतृत्वको अर्काे प्यानल चुनावी मैदानमा छ । तर, नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशिल समूहले भने त्यो प्यानल स्वतन्त्र नभएर राप्रपा, संघीय समाजवादी फोरम विवेकशील साझा पार्टीको संयुक्त प्यानल भएको बताएको छ ।

पानीमा समेत यी दलले राजनीति गरेका कारण आफुहरुले स्वतन्त्र रुपमा चुनावी मैदान प्रवेश गरेको सो समुहको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *