मेची भन्सारद्वारा अवैधरुपमा हुने चोरी निकासीमा कडाई
Published: (Updated: )
by .मेचीनगर । भन्सार विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पुरा नहुने भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टाले अबैधरुपमा हुने चोरी निकासी नियन्त्रणका लागि गस्ती परिचालन गरेको छ भने, चेकजाचमा समेत कडाई गर्न थालेको छ ।
यसअघि व्यवसायिकरुपमा आयात भएका थोरै मुल्यका सामानको भन्सार गर्ने काम यात्रुशाखाबाट भएपनि त्यसलाई समेत बन्द गरेर अहिले सवैखाले काम मुख्य भन्सार कार्यालयबाट हुने गरेको छ ।
भन्सार विभागले मेची भन्सार कार्याललाई चालु आर्थिक वर्ष २०७५÷२०७६ को वार्षिक कुल लक्ष्य १२ अर्ब ८२ लाख ६१ लाख ५ हजार रुपैयाँ तोकिदिएको छ ।
तर, चालु आर्थिक वर्ष २०७५÷२०७६ को बैशाख १० गते वितिसक्दा ८ अर्ब २० करोड ११ लाख ३४ हजार ७ सय ५१ रुपैयाँमात्र राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । यो अवधिसम्म १० अर्ब ३८ करोड ९१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्नुपर्ने लक्ष्य थियो ।
लक्ष्य अनुसार राजस्व संकलन नभएपछि अहिले कार्यालयले आफ्नो मातहतका नकलबन्दा, बाहुनडाँगी र गौरादह छोटी भन्सार कार्यालयलाई समेत सक्रिय बनाएको छ । ती कार्यालयमा नायव सुब्बालाई खटाईएको र चोरी निकासी रोक्न र राजस्व असुलीमा योगदान पुर्याउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।
‘यो नाकाबाट मुख्यः गरी कोइला र पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो अहिले ती वस्तुको आयात क्रमस आरोलो लाग्दैंछ’ प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भने—‘भारतको मेघालयको उच्च अदालतले गरेको निर्णयको असर नेपालको अर्थतन्त्रमा परेको छ । अदालतले कोइला उत्खननमा रोक लगाएपछि त्यहाँबाट गरिने कोइलाको आयातमा कमी भएपछि अर्थतन्त्रमा असर परेको हो । पूर्वीनाकाबाट कोइलाको आयात कमि भएपछि १ नम्बर प्रदेशकै राजस्व संकलनमा अग्रणी मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा भारी गिरावट आएको छ ।’ यो नाकाबाट आयात हुने क्लिङकर समेत पछिल्लो समय घटेको छ ।
थोरै मात्रामा त कोइला त आउदै गरेको भएपनि अहिले सुनसरी, सर्लाही विराटनगर भएर कोइला आयात भएका कारण पुर्वीनाकाबाट ठप्प झै छ । पेट्रोलियम पदार्थ र कोइला आयातमा कमि आएपछि राजस्वको लक्ष्य पुर्याउन पनि कार्यालयलाई हम्मे हम्मे पर्ने गर्दछ । कुल राजस्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । त्यसपछि कोइलाले राजस्व धानेको छ ।
भन्सार अधिकारीका अनुसार गतवर्षमा प्रतिमहिना ४० देखि ४५ हजार टनका दरले पैठारी गरिएको कोइला चालु आर्थिक वर्ष २०७५÷२०७६ को यो अवधिसम्म आईपुग्दा ३० देखि ३४ हजार टनका दरले आयात भएको छ । कोइला पैठारी गर्दा भन्सार मूल्यको ५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिर्नुपर्ने प्रावधान रहेको भन्सारले जनाएको छ ।
ईँटाभट्टा र सिमेन्ट कारखानाले सहायक कच्चा सामग्रीका रुपमा प्रयोग गर्ने कोइला चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा ९ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ मुल्य बराबरको २ लाख ७१ हजार ७ सय २ टन पैठारी भएको छ । सो वापत कार्यालयले ७१ करोड १० लाख रुपैयाँ राजस्व असुली गरेको छ । वितेको आर्थिक वर्ष २०७४÷२०७५ मा १८ अर्ब मुल्य बराबरको ५ लाख ४० हजार टन कोइला पैठारी भएको तथ्याङ्क कार्यालयसँग छ । मेघालयको कोइला उच्च गुणस्तरको मानिन्छ ।
मेघालयको उच्च अदालत र टिब्य्सनल दुवैले वातावरण संरक्षणको कारण देखाउँदै नयाँ उत्खननमा रोक लगाएपछि आयात घटेको लामो समयदेखि कोइलाको व्यपार गदैं आएका व्यवसायीहरु बताउँछन् । उत्खननमा रोक लगाएपछि यसको मूल्यमा समेत बृद्धि भएको छ । व्यवसायीका अनुसार दुई वर्ष अघिसम्म प्रति टन भारतीय १८ हजार रुपैयाँका दरले खरीद विक्री हुने कोइलाको मुल्य बढेर अहिले ३० हजार पुगेको छ । यो सँगै कलकत्तााबट पानीट्याँकी नाका भएर काँकरभिट्टा सम्म आउने मालवहाक सवारी साधन समेत अहिले अन्यत्रबाट जान थालेको अर्यालको भनाई छ । ‘कलकत्ता आसपासमा एउटा पुलको मर्मत तथा सम्भार हुदैंछ ’अर्यालले भने— ‘त्यसकारण यो नाका आउन २ सय किलो मिटर घुम्नुपर्छ यसरी घुमेर आउदा व्यवसायीलाई थप आर्थिक व्ययभार पर्ने गरेका उनीहरुले पनि अन्य नाका रोज्ने गर्दछन् ।’
हाल सम्म असुली राजस्व गतवर्षको तुलनमा भने झण्डै ११ प्रतितशले बृद्धि भएको उनको भनाई छ । वितेको आर्थिक वर्ष २०७४÷ ०७५ मा भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई ९ अर्ब २० करोड ९१ लाख रुपैयाँ लक्ष्य तोकेको भएपनि लक्ष्यको तुलनामा ११ प्रतिशतले राजस्व बृद्धि भएको थियो । सो वर्ष १० अर्ब १८ करोड २७ लाख वा १ सय ११ प्रतिशत राजस्व संकलन गरेको अर्यालले जानकारी दिए ।
वर्खासँगै मुख्यः वस्तुको आयातमा ओरालो लागेपछि कार्यालयले लक्ष्य पुरा गर्न नसकेको भन्सार अधिकारीको भनाई छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तुलगायतले कुल राजस्वको ४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।
भन्सार अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०७५÷२०७६को असोज महिनामा मात्र कार्यालयले लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । बाकी कुनै पनि महिना लक्ष्य भेट्टाउन सकेको छैन् । असोज महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ९४ करोड ५४ लाख ६८ हजार ७ रुपैयाँ वा १ सय ५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत अर्यालको भनाई छ ।
साउन महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशत वा ७५ करोड ९५ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । भन्सार अधिकारीका अनुसार संकलित रकम गतवर्षको सोहि अवधिको तुलनामा १९ करोड ८९ लाख १० हजार ६८ रुपैयाँ वा ३५ प्रतिशतले बृद्धि हो ।
यसैगरी, भदौ महिनामा कार्यालयले लक्ष्यको तुलनामा ९२ प्रतिशत वा ९४ करोड ७२ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । वितेको आर्थिक वर्ष २०७४÷ २०७५ को सोहि अवधिको तुलनामा २३ करोड २० लाख ६१ हजार १ सय ३९ रुपैयाँ वा ३२ प्रतिशत रकम बृद्धि गरेपनि चालु आर्थिक वर्षको भदौ महिनाको लक्ष्य भने पुर्याउन सकेन् । भदौ महिना भन्सार विभागले कार्यालयलाई १ अर्व २६ करोड ८८ हजार रुपैयाँ रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।
कात्तिक महिनामा १ अर्ब २ करोड ६० लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले ७४ प्रतिशतभन्दा बढी असुल गर्न सकेन । सो महिना ७५ करोड ८१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ संकलन गरेको छ । मंसिरमहिनामा कार्यालयले ८५ करोड ५७ लाख ८० हजार ७ सय ५२ रुपैयाँ वा ८३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । मंसिरको लक्ष्य १ अर्ब २ करोड ६० लाख ८८ हजार रुपैयाँ छ ।
पुसमहिनामा कार्यालयको लक्ष्य १ अर्ब २ करोड ६० लाख ८८ हजार रुपैयाँ थियो । तर, १ अर्ब १९ करोड ३८ हजार १ सय ५२ रुपैयाँ वा ९९ प्रतिशत मात्र राजस्व असुली गरेको छ । जुन रकम गतवर्षको सोहि अवधिको तुलनामा १४ प्रतिशत वा १२ करोड ३२ लाख ७३ हजार ७ सय ६९ रुपैयाँले बढि हो । माघमा १ अर्ब २ करोड ६० लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि कार्यालयले ८८ करोड ३४ लाख ९६ हजार ९ सय ६० रुपैयाँ वा ८६ प्रतिशत मात्र असुल गरेको छ । यसैगरी, फागुनमा १ अर्ब १५ करोड ४३ लाख ५० हजार लक्ष्यमा ८० प्रतितश वा ९२ करोड १४ लाख ८४ हजार ३ सय ४० रुपैयाँ, चैतमा १ अर्ब १५ करोड ४३ लाख ५० हजार लक्ष्यमा ८६ करोड ४६ लाख ९० हजार ७७ रुपैयाँ वा ७५ प्रतिश र बैशाख १० गतेसम्म २० करोड ४८ लाख १२ हजार १ सय ४२ रुपैयाँ वा १८ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । बैशाखको मासिक लक्ष्य १ अर्ब १५ करोड ४३ लाख ५० हजार लक्ष्य रहेको छ ।
यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।
Comments