Sajhamanch Archive

उद्घाटन खेल मेची नेत्रालय काँकरभिट्टा एफसी झापा र क्यामरुनको दाउफिन्स एफसीबीच हुने

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकप २०७६ को चौथो संस्करण भोली विहीबारबाट शुरु हुदैंछ ।

काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् । उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाउफिन्स एफसीबीच हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ भने संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ । यसैगरी, झापा जिल्ला खेलकुद विकास समिति, काँकरभिट्टा भेट्रान फुटबल क्लब, मेचीनगर खेलकुद विकास समिति सहआयोजकको रुपमा छन् । प्रतियोगिताभर प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघको रहने छ । चौथो संस्करण सम्पन्न गर्न ८० देखि ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बैशाख २१ गते सम्पन्न हुने प्रतियोगिताको विजयी टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् । उनका अनुसार वेष्ट फर्वड, मिडफिल्ड, डिफेन्डर्स, गोलकिपर कोच र राईजिङ प्लेयरले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा क्यामरुनको दाउफिन्स एफसी, पारो एफसी भुटान, रस्लान थ्रीस्टार क्लब काठमाण्डौं, नेपाल आर्मी क्लब, काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं,सिएमजी संकटा क्लब काठमाण्डौं, च्यासल युथा क्लब काठमाण्डौं, मेची नेत्रालय काँकरभिट्टा एफसी झापा, धरान फुटबल क्लब सुनसरी , माइभ्याली फुटबल क्लब इलामसहित १० वटा टिमले सहभागिता जनाउने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापा मगर राजाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *