Sajhamanch Archive

यस्तो छ नेपाली छोरो प्रितम आचार्यका बारेमा बलिउड हस्तीको प्रतिक्रिया

Published: in टिप्स/जानकारी by .

काठमाडौं । सुनसरीको इटहरीका गायक प्रितम आचार्यको गीत सुनेपछि कलंक अभिनेत्री आलिया भट्टको अनुहारमा निक्कै चमक देखियो । उनले प्रतिक्रिया दिइन्, निक्कै मनमोहक र खुलेर गाउने गायक ।

आचार्य अहिले जिटीभीको कार्यक्रम सारेगमप लिटिल च्याम्प्स्का अब्बल स्पर्धी हुन् । उनले एकाध बाहेक सबै प्रस्तुती शतप्रतिशत दिएर बलिउड संगितकारको मन जीतेका छन् । उनलाई बलिउड संगितकार अमाल मल्लिकले गाइड गरिरहेका छन् ।

बलिउड अभिनेत्री माधुरी दिक्षित भन्छिन्,‘प्रितमको गाउने शैलीसँग म फिदा भएकी छु । उसले गाउँदा सुनिरहुँ लाग्छ ।’

सारेगमपमा पुगेपछि प्रितमले बलिउडका निक्कै हस्तीको मन जित्न सफल भएका छन् । यसैकारण उनको भिडियो र तस्बिरसहितका ट्वीटमा पनि छाइरहेका छन् ।

अभिनेता सुनिल सेट्ठी लेख्छन्,‘स्वास लिने माध्यमको गीत । सानो केटा प्रितमको गीत निक्कै राम्रो छ ।’

नेपाली गीत गायनमा पनि अब्बलता देखाएका प्रितम केही महिना अघि सारेगमपमा सहभागी हुन पुगेका थिए । जहाँबाट सोनु निगम जस्ता चल्तीका गायकहरूको उत्पादन भएको थियो ।

प्रितमलाई उदित नारायण झासँग तुलना गर्दै संगीतकार हिमेश रेशमियाले भनेका छन्,‘दुनियाँमा उदित नारायणको शैलीमा उभिने र कुमार सानु जस्ता हस्तीको गीतलाई सहजै गाउने प्रितम जस्ता गायक बिरलै जन्मिन्छन् ।’

प्रितम गायक झाका निक्कै ठूला फ्यान हुन् । यसकारण पनि सारेगमपमा झालाई विशेष कार्यक्रमका साथ बोलाइएको थियो । सोही कार्यक्रममा उदितलाई नचाउन समेत सफल भएका प्रितमले उनको नेपाली फिल्म ‘कुसुमे रुमाल’को चर्चा पनि गरिदिए ।

गायक शान, गायिक ऋचा शर्मालगायत उनका प्रशंशक बनेका छन् । जो, उनको गायनको जजमेन्ट पनि गरिरहेका छन् । शानले लेखेका छन्,‘हामीसँग नेपालका दुई राम्रा गायक छन् । संगीतको कुनै सीमा हुँदैन । प्रितम आचार्य र आयुष केसी निक्कै राम्रा गायक हुन् ।’

उनले पछिल्लो पटक प्रस्तुतीका क्रममा गाएको ‘चुराके दिल मेरा’ बोलको गीतलाई विभिन्न भारतीय युट्युव च्यानलले सेयर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *