Sajhamanch Archive

मोरङ जिल्ला औलोको उच्च जोखिममा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । प्रदेश नम्बर १ अन्तर्गतका १४ वटा जिल्ला मध्ये मोरङ औलोको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ । विहीबार २५ औँ विश्व औलो दिवसका अवसरमा स्वास्थ्य कार्यालय भद्रपुर झापाले मेचीनगरस्थित काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयेजना गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कले मोरङ्ग जिल्ला औलोको उच्च जोखिम रहेको देखाएको हो ।

नेपाल औलो रणनीतिक योजना २०१४—२०२५ अन्तर्गत सन् २०२५ सम्ममा औलो मुक्त नेपाल बनाउने परिकल्पनासहित ‘आफैबाट शुरु गरौ,औलोलाई शुन्यतामा पुर्याउ औलो विरुद्धको अभियानमा हामी सवै सहभागी बनौ’ भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा वितेको आर्थिक वर्ष २०७४÷२०७५ मा प्रदेश नम्बर १ मा २४ जना औलो रोगी फेला परेको जानकारी गराईएको थियो ।

१३ जना स्थानीय तथा ११ जना आयातितमा औलोको कीटाणु परेको थियो । कार्यालयका भेक्टर कन्ट्रोलर अधिकृत जीवन चौलागाईँका अनुसार १९ जनामा प्लाजमोडियम भाइवेक्स सामान्य खालको तथा ५ जनामा कडाखालको प्लाज्मोडियम फाल्सिफारम पीएफका कीटाणु फेला परेको थियो ।

सवैभन्दा बढी मोरङमा नौजना औलोका रोगी फेला परेको कार्यालयले जनाएको छ । झापा भने औलोको खासै जोखिममा छैन् । त्यो वर्ष झापामा ७ जना रोगी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७५÷२०७६ को चैत महिनासम्म ३ जना नयाँ औलोका रोगी फेलापरेका छन् । सुनसरीमा ६, उदयपुर र इलाममा १ ÷१ जना औलोका रोग रहेको कार्यालयले जनाएको छ ।

सन् २००५ यता झापामा औलोकै कारण कसैको पनि ज्यान नगएको कार्यालयका भेक्टर कन्ट्रोलर अधिकृत बेदप्रसाद घिमिरे जानकरी दिए । “हरेकवर्ष जिल्लामा औलोका रोगीेहरुको संख्यामा कमि आउदै छ” घिमिरेले भने–‘यसकारण पनि औलो नियन्त्रणका लागि सरकारले चालेका हरेक कार्यहरु प्रभावकारी बनेको हो ।’ सरकारले औलो नियन्त्रणका लागि देशभरिका स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधीका साथै झुल वितरणलगायतका चेतनामुलक काम गरेको घिमिरेको भनाई छ । सरकारले सन् २००७ देखि २०१३ सम्म २ व्यक्ति एक झुल अभियान अन्तर्गत जिल्लामा सर्वसाधारणलाई एकलाख ३३ हजार १ सय ८५ वटा र गर्भवती महिलालाई ३ हजार २५ वटा सुपानेट झुल वितरण गरेको थियो । सर्वसाधारणलाई वितरण गर्ने झुल अभियान रोकिएको भएपनि गर्भवतीलाई वितरण गर्ने झुल अभियानले निरन्तरता पाइरहेकोछ । औलो रोग नियन्त्रण गर्न स्थानीय तहमा औलो विरुद्धको किटनाशक औषधी छर्कने काम समेत गरिएको थियो ।

नेपाल औलो रणनीतिक योजना २०१४—२०२५ योजना अनुसार सन् २०१५ सम्ममा औलोबाट हुने मृत्यु संख्या शुनयमा पुर्याउने र त्यसलाई निरन्तरता दिने, सन् २०१८ सम्ममा स्थानीय औलो विरामीको संख्या ९० प्रतिशतले घटाउने र स्थानीय औलोको विरामी भेटिएमा स्थानीय तहरुको संख्यामा ७० प्रतितशले घटाउने लक्ष्य तथा औलोको जोखिममा रहेका समुदाय तथा स्वास्थ्यकर्मीलाई औलोबारे जानकारी तथा क्षमता अभिवृद्धि गर्ने ध्येय रहेको थियो ।

कार्यक्रममा औलो सम्बन्धि इपिडिमियोलोजिकल तथ्याङ्क २०७०÷ २०७१ देखि २०७४÷ २०७५ सम्मको प्रस्तुत गर्नुका साथै औलो निवारण कार्यक्रमका उद्देश्यहरु, औलोबारे प्रमुख सन्देशहरु, केन्द्र तथा प्रदेशस्तरमा औलो निवारणका लागि सञ्चालन भइरहेका गतिविधिहरु, नेपाल औलो रणनीतिक योजना २०१४—२०२५ को परिकल्पना, चूनौती, ध्येय लक्ष्यलगायतका बारेमा जानकारी दिइएको थियो । कार्यालयका भेक्टर कन्ट्रोलर अधिकृत बेदप्रसाद घिमिरेले, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख तालबहादुर खड्का स्वासथ्यकर्मी लेखनाथ खतिवडालगयातले जिल्लामा औलोको अवस्थाका बारेमा जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *