Sajhamanch Archive

एमालेका पूर्व अध्यक्ष अधिकारीको स्मृति दिवस मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाण्डौ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए।

पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडीआन्दोलनमा सहभागि हुँदा बनारसमा जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उनीकम्युनिष्ट पार्टीमा संगठित थिए ।

अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका हुन।

उनको नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिन्छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *