राष्ट्रपति भण्डारी : दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम
Published:
by .काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। चीनको राजधानी बेइजिङमा हुने फोरममा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारी आजै बेलुकी चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम तय भएको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली भ्रमण टोलीले बिहीबार दिनभर सियान प्रान्तका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको थियो। उक्त टोली बेलुकी मात्रै राजधानी बेइजिङ पुगेको थियो।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी सी जिनिपिङ र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा गएकी हुन। उनको साथमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, सांसदहरू तथा उच्च सरकारी अधिकारी सहभागी छन।
Comments