Sajhamanch Archive

भट्टराई परिवारको मियो ढल्यो, ओमप्रकाश सहितलाई मातृशोक

Published: in समाज by .

अर्जुनधारा । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका १ नम्बर प्रदेश प्रमुख ओमप्रकाश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी माता धनमाया भट्टराईको बुधवार निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेकी धनमायाका पति रघुनाथ भट्टराईको यस अघि नै निधन भएको थियो । ८७ बर्षीया धनमायाको आफ्नै निवासमा बैशाख ११ गते अपरान्ह निधन भएको हो ।

आमा पदमकुमारी र बुबा महानन्द काफ्लेकी प्रथम सन्तानका रुपमा वि.स. १९९८ चैत ७ गते भारत पश्चिम बंगालको शिलगढीमा उनको जन्म भएको थियो । अर्जुनधारास्थित चुथाईमा बसोबास गर्दै आएकी धनमायाका दुई छोरा र तीन छोरी रहेका छन् ।

भट्टाराई कुल बंश प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका ओमप्रकाश विभिन्न सामाजिक संघ–संस्थामा समेत आवद्ध थिए । कान्छा छोरा बिर्तामोडका व्यवसायी हुन् । स्व. धनमायाका छोराबुहारीहरु ओमप्रकाश–तारा, रोमप्रकाश–नीना र छोरीज्वाईहरु पुष्पा–देवीप्रसाद खतिवडा, तारा–कुवेरनाथ ढुंगेल र अञ्जु–महेश खनाल रहेका छन् ।

योगीनरहरिनाथ अन्तर्राष्ट्रिय प्रतिष्ठानका संस्थापक अध्यक्ष गोविन्द काफ्लेकी दिदी धनमायाका तेह्र नाति नातिना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *