Sajhamanch Archive

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ ।

तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ ।’नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *