Sajhamanch Archive

‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

नयाँदिल्ली । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ ।

भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो ।

ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् ।नेपाल समाचारपत्रबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *