Sajhamanch Archive

मेची नेत्रालय मेचीनगर गोल्डकपः कठिन जीत निकाल्दै नेपाल आर्मी सेमीफाइनलमा

Published: (Updated: ) in खेलकुद by .

काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको आइतबार भएको खेलमा नेपाल आर्मी कठिन जितका साथ सेमीफाइनलमा प्रवेश गरेको छ । धरान फुटवल क्लवलाई २−१ ले पाखा लगाउादै आर्मी अन्तिम चारमा पुगेको हो ।

पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाण्डौलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको धरान आर्मीसँगको भेटबाट घर फर्किएको छ । नियमित खेल्ने तीन खेलाडीबीना नै मैदानमा उत्रिएको आर्मीबिरुद्ध धरानले गरेका दर्जनौ प्रहार खेर गएका थिए ।

खेलको २९ औं मिनेटमा टंक बस्नेतले गोल गरेका थिए । सन्तोष तामाङको पासमा बस्नेतले गोल गर्दै टीमको लागि गोलको खाता खोलेका थिए । ४१ औं मिनेटमा सुमन अर्यालको पासमा आर्मीका नियमित स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरे ।

४० औ मिनेटमा धरानका दोर्जी तामाङको शक्तिशाली प्रहार आर्मीका खेलाडीलाई लागेर रिवाउन्स भएको बललाई मिलन राईले बिपक्षी पोष्टको दिशा दिएका थिए ।
१५ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक धरानका गोलरक्षक बिनय श्रेष्ठले पञ्च गरे । २१ औ मिनेटमा पेनाल्टी एरियामा पाएको हेडर आकाशियो । ३८ औ मिनेटमा सन्तोष तामाङको फ्रि किक पोष्ट बारमा लागेर फर्कियो ।

धरानका बर्तमान राईले २३ औं मिनेटमा प्रहार गरेको फ्रि किक आर्मीका गोलरक्षक बिश्वास चौधरीले पञ्च गरेर जोगाए । २४ औ मिनेटमा दोर्जे तामाङको शक्तिशाली प्रहार क्रस बारमा लागेर फर्कियो । ५३ औ मिनेटमा बर्तमान राइले गरेको प्रहार आर्मीका गोलरक्षक चौधरीले बिफल बनाउँदा धरान बराबरी गर्ने अवसरबाट बञ्चित भयो । ७६ औं मिनेटमा डी बक्स नजिकैबाट मिलन राईले प्रहार गरेको फ्रि किक आकाशियो । ८४ औ मिनेटमा मिलन राईले गरेको प्रहार पोष्ट बारमा लागेर फर्कियो । खेलको इनजयुरी समयमा बिष्णु सुनारको कडा प्रहार बिपक्षी पोष्टमा लागेर फर्कियो ।

खेलको म्यान अफ द म्याच बिजेता टोली त्रिभुवन आर्मी क्लब सुमन अर्याल घोषित भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार भए । सोमबारको खेल नेपाल पुलिस क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *