भारतमा लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान हुँदै
Published:
by .काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ ।
१४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ ।
यस्तै राजस्थान र उत्तर प्रदेशमा १३र१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६र६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि निर्वाचन भएको हो ।
भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ ।
सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।
भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हो ।(एजेन्सी)
Comments