Sajhamanch Archive

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

स्पेन । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो ।

बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । ‘यूरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताए ।

उनले भने–‘हामीसँग आधिकारिक तथ्यांक यकिन नभएपनि हरेक वर्ष यहाँ आउने नेपालीको संख्या बढिरहेको खवर नेपाली कम्युनिटीबाट बुझिरहेका छौ । नेपाल समाचारपत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *