Sajhamanch Archive

राष्ट्रपति भण्डारी स्वासप्रस्वासमा समस्या देखिएपछि एक दिन अगावै स्वदेश फिर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किएकी छन् । उनी पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार स्वदेश फर्कनु पर्ने थियो ।

तर स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी बुधबार बिहान काठमाडौँ आइपुगेकी हुन् । उनलाई अल्टिच्युड सिकनेश भएको बताइएको छ ।

अर्थात तिब्बतसहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुग्दा उनलाई अल्टिच्युड सिकनेश भएको र त्यसले स्वासप्रस्वासमा समस्या देखिएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी एक दिन अगावै स्वदेश फिर्ता भएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *