Sajhamanch Archive

नारुहितो बने जापानका नयाँ सम्राट

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौं । जापानका सम्राट नारुहितोले राज्यारोहण गरेपछि बुधवार देशका नाममा सम्बोधन गरेका छन् । उनले आनन्द र विश्व शान्तिको आशा व्यक्त गरेका छन् ।

बुधवार भएको औपचारिक राज्यारोहण समारोहमा उनले शाही खजाना विरासतमा प्राप्त गरेका छन् ।

नारुहितोको राज्यारोहणसँगै रेईवा नामक नयाँ युग आरम्भ भएको मानिएको छ । यसको अर्थ हुन्छ व्यवस्था र समन्वय हो । त्यसको शुरूआत भएको र उनको शासनकालभरि रहने बताइएको छ ।

उनका पिता ८५ वर्षीय अकिहितो २०० वर्षमा पहिलोपटक गद्दी त्याग्ने सम्राट बनेका छन् । उनले बिहीवार गद्दीत्याग गरेका हुन् ।

राजदरबारमा दिइएको सानो भाषणमा सम्राट नारुहितोले ‘जनताको खुशी, देशको प्रगति तथा विश्व शान्ति’ को आशा गरे ।

५९ वर्षीय राजा नारुहितोले आफ्ना पिता अकिहितोप्रति आभार व्यक्त गरे । अकिहितोले देशका लागि गरेको सेवाका बारेमा कुरा गर्दा उनको गला अवरुद्ध भएको थियो ।

बीबीसीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *