Sajhamanch Archive

महिला जनप्रतिनिधिहरुको गुनासोः पुरुषको तुलनामा काम गर्न गाह्रो, चुनाव जितियो, अधिकार पाइएन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । झापाका स्थानीय तहका महिला जनप्रतिनिधिहरुले पुरुष जनप्रतिनिधिको तुलनामा आफुहरुलाई काम गर्न समस्या भएको दुःखेसो व्यक्त गरेका छन् । उनीहरुले जनताले मत दिएर जिताए पनि अधिकार नपाएको गुनासो गरेका छन् । अधिकार विहीन भएपछि चुनावताका जनतालाई दिएको आश्वसन पुरा गर्न नसकेको भन्दैं चिन्ता समेत व्यक्त गरेका छन् ।

विहीबार मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा नारी सञ्चार गृह झापाले आयोजना गरेको स्थानीय तहमा निर्वाचित झापाली महिला वडाध्यक्ष र दलित जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा सहभागीहरुले यस्तो दुःखेसो व्यक्त गरेका हुन् ।

सहभागी महिला वडाध्यक्ष र दलित जनप्रतिनिधिहरुले चुनावताका पनि आफुहरुले ज्यादैं समस्या व्यहोर्नु परेको र चुनाव जितीसकेर जनप्रतिनिधिहरु हुँदासम्म त्यस्तै समस्या भोग्नु परेको धारणा राखेका थिए । विकास निर्माणका काम हुन हो, वजेट विनियोजनका क्रममा, बैठकमा आफ्ना विचार राख्ने कुरामा होस वा जिम्मेवारी वाडफाड गर्ने कुरामा हरेक स्थानीय तहले महिला र पुरुषबीचको विभेद गर्ने गरेको उनीहरुको दुःखेसो थियो । महिला यौग हुदैनन् सक्षम छैनन भनेर जिम्मेवारीबाट टाढा राख्न खोज्ने हरेक स्थानीय तहमा कायम रहेको उनीहरुको भनाई छ ।

सहभागी महिला तथा दलित जनप्रतिनिधिहरुले आफुहरुलाई आफु सम्बद्ध पार्टीले चुनावताका टिकट दिए पनि चुनाव जितीसकेपनि एउटा जनप्रतिनिधिले पाउने अधिकार नपाएको भन्दैं जनप्रतिनिधि हो कि होईन भन्ने शंका समेत उत्पन्न भएको दुःखेसो गरेका थिए । स्थानीय तहमा पुरुष र महिलालाई हेर्ने दृष्किोण पनि फरक भएकै कारण आफुहरु समस्यामा परेको सहभागी जनप्रतिनिधिहरुको भनाई थियो ।

विर्तामोड नगरपालिका— ९ नम्वर वडाध्यक्ष पवित्रा पाठकले वडा कार्यालय लामो समयदेखि वडा सचिव विहीन हुदाँसम्म नगरपालिकाले कुनै चासो नदेखाएको धराणा व्यक्त गरिन् । ‘महिला वडाध्यक्ष भएको वडा कार्यालय लामो समयदेखि वडा सचिव विहीन छ,’ वडाध्यक्ष पाठले भनिन् —‘८ नम्बर वडा सचिवले काम चलाउनु परेको छ, यहाँ भन्दा पीडा अरु के हुन्छ । यसैका कारण दैनिक कार्य सम्पादनमा समस्या आउने गरेको छ ।’ कार्यालयको काम ढिला हुदा सेवाग्राहीले समेत प्रश्न गर्छन । तर, उनीहरुलाई वडा सचिव नभएको थाहा नै हुदैंन् ।

भद्रपुर नगरपालिका—३ की वडाध्यक्ष कमला थुलुङ्गले कुनै न कुनै वहनामा महिला जनप्रतिनिधिहरुको चरित्र हत्या गर्ने काम भएको र महिला भएकै कारण पुरुष जनप्रतिनिधिहरुभन्दा महिलालाई काम गर्न गाहे भएको पीडा सुनाईन् । ‘चुनावमा उम्मेद्वार भएर भोट मागन जादा महिलाले चुनाव जित्छन र भन्थे ’ वडाध्यक्ष थुलुङ्गले भनिन्—‘अहिले महिला भएकै कारण काम गर्न सक्छन र भन्छन् कित राजनीति कि शिक्षाका कुरा निकालेर महिलालाई असफ बनाउन खोज्ने परम्परा अझै कायम रहेको छ ।’

हल्दिवारी गाउँपालिका वडानम्बर—३ की वडाध्यक्ष रोशन शिवाकोटीले महिला जनप्रतिनिधिरुले भन्दा सम्बन्धित निकायले तत्कालै सुन्ने तर त्यही काम महिला जनप्रतिनिधिहरुले भन्दा आनाकानी र ढिलासुस्सती गर्ने गरेको वा महिलााई अझै पनि विश्वास नगर्ने धारणा राखिन । मेचीनगर नगरपालिका कार्यपालिका सदस्यहरु लक्ष्मी तामाङ्ग, विन्दा प्रसाई, निरु परियारलगायतले आ —आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा दलित जनप्रतिनिधिहरुले अहिले हरेक स्थानीय तहले दलित समुदायका लागि विनियोजन गरेको बजेट लक्षित समुदायसम्म नपुगेको, उनीहरुको क्षमता अभिवृद्धि हुने खालका चेतनामुलक कार्यक्रम आयोजना गरेपनि खासै प्रभावकारी नबनेको, रकम दुरुपयोग भएको विषयगत समितिमा दलित जनप्रतिनिधिहरुलाई जिम्मेवारी नदिएको वैठकमा आफ्ना कुरा राख्न नदिएको, दलित समुदायलाई अधिकार दिनुहुन्न भन्ने सोचले अझै सम्म जरो गाडेको दुःखेसो राखेका थिए । समग्रमा ताली बजाउन मात्र स्थानीय तहमा निर्वाचित भएको हो भन्ने भान हुन थालेको वडाध्यक्षले कुनै अवसरनै नदिने कुरानै नसुन्ने हरेक काममा वाइपास गर्ने गरेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा दलित महिला सदस्यहरु कृष्णमाया वराइली विमला शिवा, सावित्रा ल्वागुन, कमला दर्जी, चन्द्रकुमारी विश्वकर्मा, अञ्जु प्रसाई वर्देवा लगायतले आ आफ्नो धारणा राखेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य लगायतले बोल्नुभएको थियो । सचिव रेजिना रोदनले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका महिला वडाध्यक्ष तथा दलित जनप्रतिनिधिहरुको उल्लेखनिय सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *